दुनिया बदल्ने मनसुवा कतै राखेको छैन मैले
चुपचाप आफ्नै बाटो हिडदछु समालेर मैले

नबिगारे अरु कसैलाई, न त बिगार्छु तिमिलाई
किन पो गर्छौ तिमी पिर, बाटोमा देख्दा मलाइ

बरु साथ दिउला तिम्रा ती गुणी असल कर्मलाई
ढुक्क होउ खोस्ने छैन तिम्रा गुणी सत कर्मलाइ

बरु बन्नु चलाखो होसियार, कुटिल तिम्रा मित्रसंग
धुर्त्याई, फट्याईबाट टाढा भै, अगाल्नु सत्कर्मसंग

सोझाको दैब सहा, बाठाको दैब रमिते भन्थे ज्ञानि
हटाउनु पर्छ है, मै ठुलो,बाठो मै बिध्दान भन्ने बानि

दुनिया सामु आफैले आफुलाई जति ठुलो माने पनि
तिमीलाई दुनियाले नभने सम्म भइदैन है ज्ञानी पनि

०६/२५/२०१७
पुण्डरी अर्याल
न्यु योर्क

Leave a Reply