बतास चल्दछ नदि बग्दछ लहर बनि छन्दमा
घाम लाग्दछ जुन हास्दछ प्रकाश बनि छन्दमा
गाइन्छ गीत सुरतालमा रे लाइन्छ प्रित छन्दमा
यी संगीत पनी बज्छन सुमधुर ताल र छन्दमा

सुरताल मिलाएर उडदछन सबै पन्छीहरू
लयलाई पक्रेरै गुडदछन मोटर गाडीहरु
लयमै बग्दछ छन्द मधुर मिठास सुरतालमा
लयमै बग्दछ छन्द बाणीमधुर शब्दमिठासमा

पन्छीहरू पनि उडदछन सुरताल मिलाएर
पाल्दछन ती बचारालाई चारो मुखमा खुवाएर
हाँगामा चहारेरै छन्दमा उनकै गित गाउछन |
एकअर्कामा चुच्चोजोडी आपसमै प्रित लाउछन

धर्तीमा सबकुरा सृजिन्छ सुरसंगीत मिठो बनि
हुन्छन सबकुरा बिलय यहि धरतिमा लय बनि
जिबन सबको सुरतालमा छन्द भै चलिरहोस
जिबन सबको सुरतालमा लयबध्द भइरहोस

०४/२३/२०१७

Leave a Reply