सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस !
संसारमा सबभन्दा पहिले महिला दिवसलाइ उत्सवको रुपमा फेब्रुवरी २८, १९०९ मा मनाइएको थियो | यो सोसलिस्ट पार्टी अफ अमेरिकाले अर्गनाइज गरेको थियो | यो १९०८ मा र्राष्ट्रिय गार्मेन्ट मजदुर युनियनले गरेको हडतालको सम्झनामा मनाइएको भनेर मानिन्छ | अमेरिकामा महिला दमन, महिला विभेद र महिलाको काम गर्ने समय घटाउने , तलब बढाउने, महिलालाई भोटिंग राइटको लागि आन्दोलन गरेका थिए | त्यसपछि १९१० मा अमेरिकन सोसलिष्ट, जर्मन सोसलिष्टका महिला लिडरहरुको आयोजनामा १७ देशका १०० प्रतिनिधिको कोपेंनहेगेंनमा सम्मेलन भयो र त्यस सम्मेलनमा क्लारा जिटकिन( जर्मन वुमेन लिडर ) ले अन्तर्राष्ट्रिय नारी दिवसको (वुमेन डे )प्रस्तावना राखिकी थिईन | यहि सम्मेलनले अन्तर्राष्ट्रिय नारी दिवसलाई अनुमोदन गरिएको थियो |
१९११ मा कोपेन हेगेंनमा सम्पन्न सम्मेलनबाट प्रतावित नारि दिवशलाई पहिलो पटक अष्ट्रिया, जर्मन, डेनमार्क १९ मार्चमा समर्थन र सम्मान गरेका थिए | त्यसपछि अन्तर्राष्ट्रिय महिला दिवसमा महिला समान अधिकार, भोट दिन पाउने, कार्यालय कर्मचारी, महिलाको विभेदको अन्त लागि,लाखौ महिलाहरुको रेली निस्कियो | सम्मेलनको हप्ता नबित्दै न्युयोर्कका निस्केको महिला जुलुशमा १४० जना महिलाको ज्यान गयो |
जब कि १९१३ सम्म पनी फेब्रुवरी अन्तिम साताको आइतवारलाइ राष्ट्रिय महिला दिवशको रुपमा मनाइन्थ्यो | १९०८मा अमेरिकामा भएको महिला हडतालमा त्यस्तो उल्लेखनीय घटना नभए पनि त्यसको वावजुद १९१३-१९१४ मा रसियामा भएको अन्तर्राष्ट्रिय महिला दिवशमा छलफल गरि सोहि महिला आन्दोलनको सम्झनाको रुपमा मार्च २८ बाट- मार्च ८ लाइ नै अन्तराष्ट्रिय महिला दिवश रुपमा मनाउन निर्णय गरिएको थियो | यस्तै गरि संसारका धेरै राष्ट्रहरुमा महिलाहरुले महिला आवाज बुलन्द गर्दै जादा महिला संगठनहरु खुल्दै गए | र महिलाहरुले यस दिनलाइ आफ्नो दिनको रुपमा संसारभर मनाउदै गर्दछन | १९७५ लाइ सयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला वर्ष बनाएर संसारका राष्ट्रहरुलाई महिला समानता र महिला अधिकारलाइ कायम गर्न परिपत्र गर्यो | सन् 2000 सम्म धेरै राष्ट्रहरुले महिला अधिकार र सम्मानका लागि सहमति जनाएका छन् |
माथि उल्लेख गरिएको कुरा महिला दिवश मनाउन कहा किन कसरि थालियो भन्ने कुराको इतिहास हो | यो भू मण्डलमा महिला अधिकारकालागि थुप्रै महिलाले सय बर्ष अगाडी देखि नै ज्यान दिएका थिए | तर अहिले सम्म पनि महिलाहरु पूर्ण रुपमा अधिकार सम्पन्न हुन् सकेका छैनन् | घरेलु हिँसा त हरेक घरघरमा छ | खालि तल माथिको कुरा मात्र हो | अमेरिकामा हुदा त यहाका महिलाहरु ८० प्रतिशत भन्दा बढी महिलाले महिला अधिकार प्रयोग गरिराखेका छन् | मलाइ लाग्छ सत प्रतिशत अधिकार सम्पन्न हुन् सकेका छैनन् | लुकी छिपी महिलाको अपहरण, बलात्कार भएको र घरेलु हिंसाका घटना सुनीई राखिएको छ |
अमेरिका आइसकेका नेपालीमहिलाहरुमा अझै पनि कुनै न कुनै रुपमा हिँसा प्रताडना भएको छ भनेर भनिरहेका छन् महिला कर्मीहरु | अमेरिका आइपुगेका नेपाली महिला आधा आदि मात्र भएपनि महिला अधिकार प्रयोग गरिरहेकै छन् | आफै कमाउछन पनि, आफु खुशी खर्च गर्न पनि पाउछन | आफ्नै जिबन शैली अपनाएर जिएका पनि छन् | तर मैले यहा पनि केहि परिवारका स्वास्निहरु लोग्नेको हेपाइ खाएर बसेको थाहा पाएको छु | उनीहरुले कमाएको पैसा सबै लोग्नेलाइ बुझाउन पर्ने, उनीहरुले पाएको टिप्स पनि उनीहरुले साथमा राख्न पाएका हुदा रहेनछन | लोग्नेले चाहि कमाएको सुनाउन पनि नपर्ने, उनीहरुको कमाइ जे मन लाग्यो गर्ने, स्वास्नी सोधे खोजे गालि गर्ने, प्रताडना दिन खोज्ने, केहि लोग्नेहरु आफुले काम नगर्र्ने स्वास्नीको कमाइमा रक्सि खाइ झल्लीएर हिडेको पनि देखेको छु |आफु खुशी गर्न नपाए स्वास्नीलाई पिटन पनि तयार हुने ! बोलिमा हेप्ने, व्यवहारमा हेप्ने, यी घरमा हुने व्यबहार घर बाहिर त्यति आउदैनन ! स्वास्नी मान्छेलाइ हेप्ने प्रवृति हाम्रो पृति सतात्मक समाजमा चलिआएको हो ? यस कुरालाइ महिलाले पनि स्विकारी रहेको अबस्था छ | तर केहि महिला त्यो अबस्था बाट बाहिर आइसकेको पनि अबस्था पनि छ | अमेरिका आउने धेरै महिला बेबी सिटिंग, र घरेलु कामदारको रुपमा काम गरिरहेको अबस्था पाउछौ | काममा कतिपय मालिकबाट गलत ब्यबहार गरेको रिपोर्ट अधिकार कर्मीहरु कहा आइ रहेको छ | यस्तो ब्यबहार गर्नेलाइ कानुनि कारवाही अगाडी बढाइएको पनि सुनिराखेको छ | यस देशमा लिंगको आधारमा भेदभाव गर्न नपाउने देशमा त यस्तो भैरहेको भने हाम्रो जस्तो देशमा आम महिलाहरुको अबस्था कस्तो होला ? यो त अनुमान लगाउने कुरा मात्रै हो | तर पनि अमेरिका आइपुगेका नेपाली महिलाहरुले धेरै सन्तोष गर्ने ठाउ छ | हामी नेपालमा रहेका नेपालि महिलाको अबस्थाको बारेमा पनि चर्चा नगरिरहन सक्दैनौ | हामीले सुकिला कपडा लाएर माइकमा महिला अधिकारका बारेमा बोलिरहेका महिलालाई हेरेर आम महिलाहरु अधिकार सम्पन्न छन् भनेर सोच्नु बास्तविकता होइन | नेपालको कुरा गर्दा एकातिर छुवाछुत जातीय प्रथाले मानवीय सम्मान सम्म पाएका छैनन् भने त्यसमा पनि महिलालाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृतिको छ | कहिँ देउकी बनाइएर् बेश्या वृति गर्न बाध्य बनाइएको छ भने, कहिँ बादीको रुपमा सामाजिक रुपमानै वेश्यालय चलाउन बाध्य छन् | महिलालाई कहिले छौपढी को नाममा प्रताडना भोग्नु परेको छ भने, कहिले ठुलाबढाले बलात्कार गर्दा पनि चुपचाप सहेर बसेको पाइन्छ | यस्ता घटना बाहिर आउने पाउदैन | खास नियम कानुन कडा नभएकोले बलात्कार गर्ने मान्छे समाती हाल्यो भने पनि सामान्य कारबाही भएर मात्रै छुटने हुनाले पनि महिला माथि जघन्य अपराध भैरहेको छ | महिलामा हुने वा नेपालका महिला माथि हिँसा हुनका कारणहरुको बारेमा खोज्न आबस्याक ठान्दछु |

१ )पितृ सतात्मक समाज
२) महिलाको सुरक्षा, हक, अधिकारको कानुन बलियो नहुनु |
३)बाबु आमाबाट छोरा छोरीमा भेदभाव गर्नु |
छोरालाई बढी पैसा तिरेर महँगो स्कुल कलेजमा पढाउने | सके छोरीलाई नपढाउने, नभए सरकारी स्कुल मा भर्ना गर्दिने | छोराको पढाइको चासो राख्ने , छोरीको पढाइको बारेमा चासो नराख्ने , छोरीलाई घरायसी काममा पनि लगाउने, छोरालाइ नलगाउने |
४) बाबुको सम्पत्तिमा अधिकार नहुनु |
छोरी बिबाह गरि दिएपछि आफ्नो दायित्व सकियो भन्ने सोचाई राख्ने | लोग्ने राम्रो पर्यो भने त ठिकै छ | लोग्ने पनि दाइजो लोभी, सासु ससुरा पनि बुहारीको दाइजोमा राल काढने भए भने, घर गर्न नसक्ने अबस्था आउन सक्छ | उ घर बस्न नसक्ने अबस्था सृजना हुन्छ र माइतमा उसको सम्पत्ति हुदैन | बाउको सम्पत्तिमा छोराको मात्रै अधिकार भन्ने सम्झेपछि दाजु भाइ पनि उसको लागि सहयोगी हुदैनन् |

५) न्यायिक सस्कार स्थापित नहुनु |
(क )छोरीलाई सहन पर्छ भनेर शिक्षा दिइन्छ | उसलाई कसैले बदामासी गरे पनि कुरा बाहिर जान नदिने संस्कार | नारीहरु कमलो मन, मिठो बोलि, राम्रा हुन् पर्ने, शीलस्वभाव हुन् पर्ने, अर्काको घर जान पर्ने भएकाले पकाउन पारङ्गत हुन् पर्ने, तर छोरालाई गर्न नपर्ने |
ख) छोरा मान्छे भनेको मर्द हुन् पर्छ भनेर उक्साउने ! छोरीलाई लज्जावती, शीलस्वभाव कि हुन् पर्छ भन्ने मानसिकता |
ग) छोरालाई खुट्टामा उभ्याएर मात्रै बिबाह बन्धन गर्न खोज्ने ,छोरीलाई सक्षम नभैकन बिहा गरि पठाइदिन खोज्ने |
घ) छोरीलाई सानै देखि कमजोर भएको मानसिकता बनाइदिने |
0) छोराले केहि गलत गरे पनि माफी दिने उ त छोरो मान्छे हो भन्ने , छोरीलाई भने अपराधीको जस्तो ब्यबहार गर्ने
च) छोराको बिबाहमा दाइजो को आश गर्ने |
छ) छोरालाइ सम्पूर्ण खेलकुद, बक्सिंग, संगीत, वा अतिरिक्त तालिम दिन छाहने छोरीलाई सो कार्यबाट बन्चित बनाउने |
आदि इत्यादि कारण छन्

महिला सम्मान र महिलाको अधिकारलागि समाधानको उपाए
१) समाज वा घर समान सतात्मक हुन् पर्ने,
२) महिलाको सुरक्षा, हक, र अधिकारलाई कानुनन प्राथमिकता पाउनु पर्ने |
३) बाबु आमाबाट छोरा छोरीलाई समान ब्यबहार हुनु पर्ने |
४) बाबु आमाको पैतृक सम्पत्तिमा बराबर हक हुन् पर्छ | या त दुबैलाई हुनु हुदैन |
५)समाजमा छोराको बिबाहमा पनि दाइजो नलिने, छोरीलाई पनि दाइजो नदिने प्रथा अबलम्ब गर्नु पर्ने |
६)न्यायिक संस्कार स्थापित गर्नु पर्ने |
क)छोरा छोरीलाई समान किसिमबाट गलत कुराको खण्डन गर्न सक्ने बनाउन पर्छ | गलत ब्यबहारको प्रतिबाद गर्न सक्ने शक्ति बिकास गराउन पर्छ |
ख)छोरालाई केटि मान्छेलाई सम्मान गर्न सिकाउनु पर्छ | यदि त्यसो गरीए छोरा मान्छेबाट गलत कार्य स्वत बन्द हुन्छ |
ग) छोरा छोरीलाई उच्च शिक्षा हाशिल गराएर आफ्नो खुट्टामा उभिन सक्ने गराउन पर्छ |
घ) छोरीलाई उच्च मानसिकता बनाउन झासिकी रानी जस्ता बहादुर महिलाको उदारर्ण दिई मनोबल दरो बनाउन पर्छ |
0) गलत काम गरे छोरा छोरी दुबैलाई समान रुपले सम्झाउने र चनाखो बनाउने |
च)छोरीलाई प्रति रक्षाको तालिम दीनु पर्छ, बाहरी माहोलमा चनाखो बन्न सिकाउनु पर्छ |

समाजमा महिलालाई दुर्ब्यबहार गर्ने, महिलाको अधिकार हरण ग र्र्ने महिला नै कारण बनि राखेका छन् | यो कुरालाई सम्पुर्ण महिलाले सर्ब प्रथम बुझ्न आबस्याक छ | लोग्ने मानिसबाट भन्दा महिला बाटै महिला बढी शोषण भै राखेका पाउछौ | त्यसका उदारहण पनि छन् जस्तै :
१) स्वास्नी भएको लोग्ने मान्छे सित पोइल आउने |
जसले गर्दा अर्की आइमाईको हक अधिकार हनन हुन् पुग्छ | यो कुरालाई महिलाले नै बुझ्न आबस्याक छ |
२) सासु हुने महिलाले बुहारी पनि महिला हो, उसलाई अपमान गर्न हुदैन |दाइजोको कारण देखाएर हेला गरेको पाइन्छ |
सासुले दाइजो नल्याएको कारणले बुहारी लाइ जलाएको कयौ घटना छ | महिलाले सोच्नु पर्ने हुन्छ |
३)बुहारी सित ठाक ठुक परे, छोरालाइ अर्को बिबाहको लागी उक्साउने | यो कुरामा महिलाले सोच्नु पर्छ कि पर्दैन ?
४) लोग्नेलाइ मर्द भए अर्की ल्याउ भनेर खिसी गर्ने | यसो गर्दा भोलि लोग्नेले अर्की ल्यायो भने के हुन्छ | स्वास्नीले सोच्ने कि न सोच्ने ! यी उदारहण हुन् |

अगर महिलाले चाह्यो भने महिला हिँसा ६० प्रतिशत भन्दा कम हुने निश्चित छ | हामि घर समाज, महिला स्वयमले धेरै हदसम्म महिला हिसा लाइ कम गर्न सक्छौ |अन्य बलात्कार, महिलामाथिको यौनजन्य अपराध, अपमान र ह्रास मेंट, चेली बेच बिखन कुरामा देशको कानुन कडा भन्दा कानुन बनाउन आबस्याक छ | अपराधीलाइ कडा सजाय को ब्यबस्था हुन् आबस्याक छ | महिला समानताका कुरा, कानुनि ब्यबस्थामा संबेदनशिल भएर बनाउन आबस्याक छ |
संसारका उत्पीडित, अपमान, उपेक्षा, अन्याय, अत्याचार खपेका महिलाहरुले न्याय पाउनु साथै महिला अधिकार मिलोस भन्ने अपेक्षा राखेको छु | अन्तरराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण विश्वका महिलाहरुलाई हार्दिक शुभकामना !

पुण्डरी अर्याल
मार्च ८ अन्तरराष्ट्रिय महिला दिवस (खसोखास साप्ताहिक बर्ष ४ अंक १० , ०३/१३/२०१५ सुक्रबार प्रकाशित )

Leave a Reply