टैगोर को तू चल अकेला भने जस्तै :
म पनि एक्लै हिडन थालेको छु अचेल |
मैले भनेका कुरा कसैले नसुने पनी
गाउदै गुनागुनाउदै एक्लै हिडेको छु
साथिले मुख फर्काए पनी
उनीहरु रिसाए झैँ गरेपनि
म आफ्नै सुरमा आफ्नै धुनमा छु |
म पनि अचेल एक्लै हिडन थालेको छु |
बुध्द बुद्धत्व खोज्न एक्लै दरवार छोडेका थिए |
एक्लै हिडेका बुध्दका चेलाले
आजको बिश्व ढाकेका छन् |
नया विचार, नया सोच राख्नेले
एक्लै हिड्नु पर्छ, धीरताका साथ |
पछाडी नफर्किकन सिर्फ अगाडी
एक्लै एक्लै हिडन पर्छ |
कायरहरुलाई भिड चाहिन्छ |
स्वार्थिहरुलाइ दल चाहिन्छ |
राम्रोलाइ राम्रो भन्न नसक्ने
नराम्रोलाइ नराम्रो भन्न नसक्ने
कायरहरु भिडसंग बस्न रुचाउछन |
भेडा जस्तै, अगाडी भेडा उफ्रेपछी
अगाडी बाधक नभए पनि उ उफ्रन्छ
मश्तिश्क बन्धक राखेकाहरु
बिबेक सुन्य भएर,
लौरो उठाए पनि
भोट दिने जन्तुहरु !
ठ्याक्कै भेडा जस्तै,
सच्चिन त बिबेक चाहिन्छ |
हिम्मत चाहिन्छ |

१२/२८/२०१६

Leave a Reply