१ .
मान्छेको जिन्दगि पनि अजिब गरिबले बित्दो रहेछ |
मान्छे जन्मिन्छ, बाचंजेल के के नै गरेको छु भन्छ |
अन्याय, अत्याचार र विभेदहारलाई मुकाबिला गर्छ |
मान्छेहरु घर परिवार,समाज र देशसंग जुदिरहंछ |

2.
बाचेंजेल आरोह अवरोहहरुका कसिहरुमा जाचिन्छ |
सन्तान, सम्पत्ति, र पद प्रतिष्ठा मोह छ उसका लागि |
उसले जति कुकृत्य पनि गर्न पछी पर्दैन यसका लागि |
उसले किन गर्दै छ लोभ अनि खादै छ घुसा र लात |
जान्दैन उसले मरेपछि अनि जानु छ लिएर खालि हात |

3.
देशलाई गद्दार गर्ने, मान्छेका हत्यारा ती नेता मान्छेहरु
मान्छेको रगतमा होलि खेल्ने गरेका ती नेता मान्छेहरु
मान्छेको पसिनामा डुबुल्की मार्दै गरेका नेता मान्छेहरु
मान्छेका सुन्दर आवरण भित्र डरलाग्दो नेता मान्छेहरु ||

4.
“त्याग बिनाका नेता भनेका दुष्टमतिका सैतान हुन्” |
ज्ञानिहरु भन्दछन !
ब्यापारीले धन न कमाए उ बर्बाद हुन्छ |
नेताहरुले धन कमाए देश बर्बाद हुन्छ ||
पुण्डरी अर्याल

12/20/2016

Leave a Reply