गाउभरिका मान्छेले बोक्सिनी भन्थे रे,
उनलाई |
उनीले हेरेपछी मान्छे ठहरै हुन्छन भन्थे रे,
गाउलेले |
मेरी आमाले पनि बिश्वास गर्नु हुन्थ्यो रे,
साच्चै उनि बोक्सिनी त हैनन् भनेर !
बिधुई कपाल फुलेकी त्यसैमा बुढी थिइन् रे !
बैंशमा लोग्ने मरेको, एउटा छोरो परदेश हिड्यो रे !
हिडदा पनि केहि नै केहि बोलिरहेकै हुन्थिन रे,
गाउलेले भन्छन यिनले,
बोक्सी मन्त्र जप्दै हिन्छिन !
मेरी आमाले भन्नु हुन्थ्यो मलाइ खुवाउन लागेकै बेला,
तिनी आइन रे !
खेतभरि गाइ डीगा पसेर धान मास्न थालेछन |
मलाइ छोडी,
आमा हतारिदै खेत तिर गाइ धपाउन थाल्नु भएछ |
तिनीले त मलाइ काखमा राखी खुवाउनु भयो रे |
म उनीसंग रमाएरै खाएको थिए रे !
हासी हासी खेलेर ! आमा फर्केर आउदा |
म तिनै बोक्सिनी आमाको काखमा थिए रे !
हतारमै मलाइ उनीबाट झम्टि लिनु भो रे !
उनलाई गालि गर्नु भो रे !
उनले प्रतिबाद गरेरै भनिन रे तपाइको छोरो,
मेरो पनि छोरो हो,
तपाइले पनि गाउलेले जस्तै सोच्नु हुन्छ कि क्या हो ?
उनले रुदै भनिन रे !
म भोलि आउछु, भन्दै गइन रे !
आमा रातभर मलाइ काखमा च्यापेरै सुत्नु भयो रे |
अब बोक्सिनिले मेरो छोरो खाने भै भनेर !
बिच बिचमा बडबडाउनु हुन्थ्यो,
रातभरि निदाउनु भएन रे !
भोलि फेरी तिनी आइन रे,
उनलाई देख्ने बित्तिकै म उनको काखमा गएर बसे,
उनको गालामा मुइ खाए रे !
मलाइ केहि भएको थिएन |
न त ज्वरो आएको थियो, न त बिरामी परे रे !
मैले बुझ्ने भएपछी,
ति बोक्सिनी आमाको यदा कदा हाम्रो घर आउदा,
मेरी आमाले भन्नु हुन्थ्यो,
उ तेरी बोक्सिनी आमा आइन |
आमाले उनलाई माया गरेर मिठो चोखो
खान दिनु हुन्थ्यो |
उनीसंगै बसेरै खाना खान्थे मैले |
बा ले आमालाई भन्नु हुन्थ्यो, बोक्सी त हाम्रो नजर हो |
समाजले हेप्न बनाएको जाली कुरो हो |

( यो मेरो बास्तबिक जीवनमा घटेको कुरा हो | यी तमाम बोक्सीको आरोपमा मारिने आमाहरुको लागि समर्पित गर्न चाहन्छु र बोक्सीको आरोपमा मार्ने दुष्ठहरुलाई कडा भन्दा कडा सजाय होस् भन्ने चाहन्छु )

दिसम्बर १७ , २०१६

Leave a Reply