अस्पतालको,
अप्रेसन कोठामा रगत चाहिन्छ |
रगत जातको हैन ग्रुप चाहिन्छ |
हामीलाई विदेश जान पासपोर्ट चाहिन्छ |
पासपोर्ट जातको होइन देशको चाहिन्छ |

साधि सिमाना बनाउन त जमिन चाहिन्छ |
जात जातको बिचमा कहा सिमाना पाइन्छ |
फुलबारी बनाउन त धेरै थरि फुल चाहिन्छ |
देशलाई उन्नत बनाउन त सबैजात चाहिन्छ |

हेर्नुस त हामि आएको देश |
हामि उभिएको अमेरिकी देश
बिभिन्न देशका मान्छे, विभिन्न भाषाका मान्छे
बिभिन्न जातका मान्छे, हजार थरिका मान्छे
बिभिन्न धर्मका मान्छे, मुसलमानका मान्छे
हिन्दुका मान्छे, बुध्दका मान्छे, हिब्रुका मान्छे
जैनका मान्छे,काला मान्छे, गोरा मान्छे
थेप्चे मान्छे, चुच्चे मान्छे

मिलेरै बसेका छौ नी त यहा |
भाषा नमिले पनि,
धर्म नमिले पनि,
जात नमिले पनि

तर हाम्रो देशका हामि मान्छे,
हामि सबै सबै मान्छेमा किन मर्दैन यो जातको किरो |
जात जातमा लडेको देखेर मन हुन्छ मेरो अति पिरो |

इश्वरले बनाउदा मान्छेलाइ बनाए|
धेरै मान्छेको अनुहार फरक बनाए |
थेप्चे हुदैमा, चुच्चे हुदैमा, शर्म मान्नु पर्दैन है |
काला, गोरा, गहु गोरे, हुदैमा फरक पर्दैन है |

एउटै बनाएको भए त !
हाम्रा आमा बा दिदि बहिनि दाजु भाइ
कसरि चिन्ने थियौ त !

छातीभित्र कसैको कलेजो लियर बाचेको मान्छे |
मानबता के हो बुझ्छ,यो कलेजो फेरेको मान्छे |
मेरो सरिरमा पचिसौ बोतल रगत चढे होला !
कुन जात र धर्मका रगतले भरिएका होला ?

त्यसैले साथि
हेर्नुस है साथी
जातको पछी लागि बितण्डा नमचाऔ है साथि |
इन्सानियत बनि बाचौ, सैतान नबनौ है साथी |

september 20, 2015

Leave a Reply