एउटा गित लेख्ने मन छ
गित बन्दै बनेन |
तस्विर बनाउने मन छ
तस्विर बन्दै बनेन |
राम्रो कविता लेख्ने मन छ
राम्रो बन्दै बनेन |
निरोगी भइ बाच्ने मन छ
रोगले छोड दिएन |
खुशी भएर बाच्ने मन छ
दुखले साथ् छोडेन |
नाम कमाउने मन छ |
गीतकार भएर,
संगीतकार भएर,
गायक भएर,
कवि भएर,
लेखक भएर,
कलाकार भएर ,
नेता भएर,
खेलाडी भएर,
बिध्दान भएर,
धनवान भएर,
समाजसेवी भएर,
ठुलो मान्छे भएर
यस्तै भएर बाच्ने मन छ
मन भएर मात्रै भएन
भाग्यले साथ दिएन
सोचेर मात्रै भएन |

११/१८/२०१६

Leave a Reply