१ .
मान्छेको जिन्दगि पनि अजिब गरिबले बित्दो रहेछ |
मान्छे जन्मिन्छ, बाचंजेल के के नै गरेको छु भन्छ
अन्याय, अत्याचार र विभेदहरुलाई मुकाबिला गर्छ
मान्छेहरु घर परिवार,समाज र देशसंग जुदिरहंछ |

बाचेंजेल आरोह अवरोहहरुका कसिहरुमा जाचिन्छ |
सन्तान,सम्पत्ति र पद प्रतिष्ठा मोह छ उसका लागि |
उसले जति कुकृत्य पनि गर्न पछी पर्दैन यसका लागि
उसले किन गर्दै छ लोभ अनि खादै छ घुसा र लात |
जान्दैन उसले मरेपछि एक दिन जानु छ खालि हात |

२.
देशलाई गद्दार गर्ने, मान्छेका हत्यारा ती नेता मान्छेहरु
मान्छेको रगतमा होलि खेल्ने गरेका ती नेता मान्छेहरु
मान्छेको पसिनामा डुबुल्की मार्दै गरेका नेता मान्छेहरु
मान्छेका सुन्दर आवरण भित्र डरलाग्दो नेता मान्छेहरु

“त्याग बिनाका नेता भनेका दुष्टमतिका सैतान हुन्” |
ज्ञानिहरु भन्दछन !
ब्यापारीले धन न कमाए उ बर्बाद हुन्छ |
नेताहरुले धन कमाए देश बर्बाद हुन्छ |

Leave a Reply