१.
एनआरएन सम्मेलन खुबै रडाको भएछ !
सुन्छु !
पाचतारे होटेलमा के को भातको कुरा छ
भाते एनआरएनले भाते पत्रकार चिने छ !

आफ्नाले आफ्नैलाई चिन्नु राम्रै कुरो होला
आफ्नो आंग कन्यासी आफ्नै छारो होला

चाहीए भन्दा बढी जे खाए नि जहर बन्छ
खानु पनि त ठिक्क खाए हुन्थ्यो !
पाए भनेर न हसुरेको भए हुन्थ्यो !
गाल पर्थेंन कि !

२.

अमेरिका आएका पत्रकार भातमा बिक्छन र ?
पत्रकारलाइ भन्न पाए भने जे भन्न पाइन्छ र ?

पत्रकारलाई कसले तलब दिएको छ ?
पत्रकारलाई घरमा कसले पालेको छ ?

एक छाक भातले पत्रकारिता चले होला ?
पत्रकार पनि भातमा बिके भन्ने को होला ?

पत्रकारका स्वभाव भने फरक होला
पत्रकारका बिचार पनि फरक होला
पत्रकारका सोच पनि त फरक होला

कोइ चाकरी गरेर पत्रकारि चलाए होलान
कोइ आत्मस्वभिमानी भएरै चलाए होलान

पत्रकार पत्रकार मात्रै भएर चलाए भने !
पत्रकार लोभी पापी लुच्चा भएनन भने
कसले के भन्छ सक्छ
कसले के गर्न सक्छ !

८/३०/२०१६

Leave a Reply