प्रजातन्त्र चाहियो भन्थ्यौ तिमि
न्यायको लागि लड़छु भन्थौ तिमि

देशको लागि मर्छु नै भन्थ्यौ तिमि
चौतर्फी बिकाश गर्छु भन्थ्यौ तिमि

दलाललाइ फ्याक्छौ भन्थ्यौ तिमि
भष्ट्राचारीलाइ नास्छु भन्थ्यौ तिमि

नया नेपाल बनाउछु भन्थ्यौ तिमि
रोजगारी ल्याउछु नै भन्थ्यौ तिमि

नेता बनि सत्तामा पुग्यौ तिमि आज
मुल्यमान्यता बिर्सी बस्यौ तिमि आज

विकास भाषणमै त गर्छौ तिमि आज
दलाल होइन भनि दलाली गर्छौ आज

भ्रष्टाचारी मुखिया भै राज गर्छौ आज
देश तलझारी नया नेपाल बनायौ आज

परिवर्तन गर्छु भन्थ्यौ देशमा हिजो तिमि
परिबर्तन भयौ नि सबै बिर्सी आज तिमि
०८/२१/२०१६

Leave a Reply