पुण्डरी अर्याल
पुण्डरी अर्याल

म यस्तो दौड दौडदै छु
पाइला नचालिकन जित्दै छु

पाइला नचालिकन कहा जितिन्छन ?
सबैले मलाइ उल्लु मुर्ख भनेका छन्

मैले उल्टो बुझ्छु कि
अरुले उल्टो बुझछन कि !

मलाइ थाहा छैन
मलाइ मतलब पनि छैन
जसले जे बुझुन !
कसले के बुझ्छ !
त्यो बुझ्न पनि खाँचो छैन |
कसैलाई पनि |
न त मलाइ पनि !

रिले दौड
एउटा दुरी, एउटाले पुरा गर्छ |
अर्को दुरी, अर्काले पुरा गर्छ |
फरक मान्छेले
फरक दुरी पुरा गर्छ |
अन्तिममा ग्रुपले जित्छ |
मैले बुझेको त्यही हो |

तर
संसारको रिले दौड फरक छ !
दौड जित्नैका लागि दौडिरहेका छन्
सबै दौडमा होमिएका छन् |
सबैले दौडमा भाग लिएका छन् |
सबैको आँखा पुरस्कारमा छन
एकाएक पुरस्कार अर्कैले पाउछन
जसले
त्यो रिले दौडमा भाग लिएकै छैन |
यो रित हो संसारको !

तर यो रिले दौड रोकिएको छैन
कहिले रोकिने पनि छैन !
जानी नजानी सबै सहभागि छन |
यो रिले दौडमा !

जो जति यो दौडमा दौडे पनि
मेरै पछाडी देख्दै छु म आजकल !
मलाइ आश्चार्य लाग्छ |
म नदौडीकन अगाडी छु |

मेरा पछाडी रित्ता मान्छेहरु
लाम लागिरहेछन
मलिन अनुहार लिएर |
मुखमा कसैको कालो पोतिएका
कसैका रातो, टाटे पाटे छन् |
कोइ चिनेका जस्ता देखिन्छन |

यी त मन्चमा कुन्टलका माला लगाउने मान्छे थिए |
यी त शैनिक सुरक्षाभित्र हिडने मान्छे थिए |
कोइ त जनताको मसिहा हु भन्ने मान्छे पनि थिए |
यी सर्बोच्च ठुला मान्छेका अनुहार मलीन देख्छु |
आजकल
तिनको नाम छैन
जिन्दगि भर,
यी मान्छेहरुले
के गरेनन र !
पैसाको लागि !
मानब तस्कर
चेली बेचबिखन
ड्रग तस्कर
हत्या हिँसा
राजनीतिको नाममा
नरसन्घार गरे
गर्न सम्मको कुकृत्य गरे !
पदको लागि !
झुटो शानको लागि !
शहरमा छाए,
राष्ट्रमा छाए
परराष्ट्रमा छाए
टेलिभिजनमा छाए
पत्रपत्रिकामा छाए
लोभी पापिका मनमा छाए |

आज मेरा सम्मानमा फुलको बर्षात भैरहेछ छ |
मेरो टुटे फुटेको शरिर स्वास्थ्य सुन्दर भैरहेको छ |
मेरा अगाडी भब्य व्यक्तित्वहरुले स्वागत गरिरहेका छन् |
मेरो जितको घोषणा भैरहेको छ |
आतिस बाजी भैरहेको छ |
जसले न तिनको चाकरी गर्यो |
न त पैसाको लागि जे पनि गर्यो
न त पद प्रतिष्ठाको लागि जे पनि गर्यो |

म यस्तो दौड दौडदै छु
जुन दौड भागदौड होइन
मेरो दौड अनन्त यात्रा हो |
म यो अनन्त यात्रामा छु !
पाइला न चालिकन !
त्यसैले त म जित्दै छु |

Leave a Reply