पुण्डरी अर्याल
पुण्डरी अर्याल
बिहानी संगै भविष्य बोकेर
हिडेको मान्छे !
कामको खोजीमा आश
बोकेको मान्छे !
अन्तरवार्ताका सुची लिएर
बसेको मान्छे!
सिफारिसको बिचमा
उसको बिध्दता र ज्ञान
धरासाही भएको मान्छे !
आखिर
संसाँझ निरास बोकेर
फर्केको मान्छे !
सफलता पाएकाहरु बीच
टुटेको मान्छे !
सुनसान रात आकाशमा
टल टल टल्किएका तारा
गनिरहेछ मान्छे !

Leave a Reply