हरेक ठाउमा पुगे पछी त्यसठाउको बारेमा कलम चलाउने रहर जागेको छ | पहिला पहिला दैनिकी लेख्ने चलन थियो | सधै एकै किसिमको रुटिंग हुने हुनाले त्यस्तो दैनिक लेख्न जागर चल्थेन | जहा गए पनि त्यहाको यात्रा संस्करण लेख्ने बानि भयो भने पनि एउटा यात्रा संस्करणको रुपमा संग्रह पनि हुने थियो भन्ने लागेको छ | कसैलाई मन नपर्न पनि सक्छ तर कसैलाई यो कार्यले रमाइलो बनाउन पनि सक्छ भन्ने मलाइ लागेको छ | सबैको मन एकै किसिमको पनि त हुदैन | लेख्ने मान्छेलाई धेरै मान्छेले छुच्चो मान्छे भनेको पनि सुनेको छु | साच्चै लेखक कसैको दाश होइन भने उसको ब्रह्मले देखेको लेख्नु पर्छ | साक्षी भावले तटस्त भएर निर्भिक भएर, कसैलाई खुसामत नगरिकन लेख्नु पर्छ | त्यस्तो लेखकले आफ्नो धर्म निभाएको मान्छु मैले | मैले जे कुरा लेख्न खोजिरहेको छु त्यो मेरो नितान्त निजि यात्राका पलहरुलाई संग्रीत गर्न मात्र खोजेको छु | मैले एले देश काल परिस्थितिको बारेमा लेखिरहेको छैन | स्थल भिजिट अनुभव मात्रै त हो |
सनिबारको दिन खाना खाएर बसिरहेकी बेलामा करिब २ बजे तिर उइकइन्ड मनाउने प्रोग्राम बनिहाल्यो | घरका सबै सदस्य तयार भयौ | एउटा गाडीमा बिशाल, बुहारी, बन्दना छोरी र नाति प्रबन र अर्को गाडीमा बिपिन, म, लक्ष्मी भएर मेनाहातनको एफ डी आर को बाटो लिई ब्रोंक्स भएर ८७ को हाइवे लिएर तपन ब्रिज क्रस भएर न्यु योर्कको बियर माउन्टेनको भेदमा पुग्यौ | फेदमा बियर माउन्टेनमा हैकिंग गर्नेको घुइचो नै थियो | तर हाम्रो पहाड चडने रहर भने थिएन | न्यु योर्क सिटिको कोलाहलबाट एकै छिन भए पनि शान्त र स्शितल बातावरणमा रम्न पाउनु पनि एक किसिमको आनन्द हो |कारमा बियर माउन्टेनको टुप्पोमा नै पुग्यौ | त्यहाबाट टाढासम्म देखिने बाँकी मिलेका हरियाली पहाडलाइ नियाल्यौ | तस्बिर खिच्यौ | आज भने त्यहा भएको टावर बन्द थियो | माथिबाट दुर्बिनले हेरेर न्यु योर्क शहरलाई पनि देख्न सकिन्छ | म पहिले त्यहा जाँदा हेरेको छु | आज सबैले त्यो देख्न पाएनन् | केहि बेर टाकुरामा रहेका बडेमानका चट्टानमा एता उति तल माथि गरेर रमायौ, गर्मि समय भएकोले त्यहाको छहारी बसेर मिठो हावा खाएर आनन्द लिई रह्यौ | घन्टौ बसेर केहि स्नाक्स ल्याएका थियौ , खायौ | शहरका धेरै मान्छेको गन्तव्य स्थलमा पर्दो रहेछ | मानिसहरुको आउने जाने भैरहने हुदो रहेछ | यो पार्क करिब २१ बर्ग किलो मिटर फैलिएको छ | बियर माउन्तेंट लाइ स्टेट पार्क रुपमा चिनिन्छ | यो रकलैंड काउन्टी, न्यु योर्कको हडसन नदीको पश्चिम किनारा मा अबस्थित छ | यसको फेदमा बियर माउन्टेन्ट इन छ | टेल्साइड म्यूजियम र जु , पार्क र ताल छ र बोटिंग गर्न समेत गर्न पाइने ब्यबस्था रहेछ | पार्कमा पार्किंग र बार्ब क्यु गरेर आनन्द लिने थुपै स्थानहरु पनि छन् | बिशेष गरेर समरमा न्यु योर्क शहरबाट नजिक र पायक पर्ने आनन्दमय स्थल रुपमा प्रख्यात छ | त्यहा सम्साँझ पर्न थालेपछि हामि सबै घर फर्किन आतुर भयौ र त्यहाबाट बियर माउन्तेंट ब्रिज हुदै 9 A हाइ वे लिएर फर्किदा बिचमा डंकिन डुनट पसेर चिया कफी लिएर मेनहाटन हुदै एफ डी आर को बाटो गरि क्विन्स ब्रिज तरेर ज्याक्सन हाइट ८ बजे आयौ | यसरि आजको दिन प्रकृतिको समिपमा हरियालीमय भएर पुलकित भएर बिताइयो |

०६/११/२०१६ न्यु योर्क

Leave a Reply