पुण्डरी अर्याल
पुण्डरी अर्याल

१)
सुन्यतामा हराएछु
भिडमा एक्लिएछु
चिन्तनमा बिलाएछु
अस्तित्व कहा छ ?

२)
झुण्डमा रमाएको
भिडमा डराएको
प्रतिस्पर्दाबाट झस्केको
मानवसागरमा के को पहिचान !
सागरमा बुन्दको जस्तै !

३)
पहिचान
जात होला
धर्म होला
भाषा होला
भेष होला
बोलि होला
टोल होला
ठाउ होला
देश होला
मानव के काफी छैन र !

Leave a Reply