पुण्डरी अर्याल
पुण्डरी अर्याल

खालि खुट्टा थिए मेरा हिडेरै कहिँ पुग्नु थियो
चप्पल थिएन साथमा जसरी पनि पुग्नु थियो
(१)
चप्पल जुत्ता लगाएको मान्छे देखिरहदा लाथ्यो
चप्पल मेरा लागि आबस्यक्ता भए पनि रहर थ्यो
तातोभुइँ ठेलापरेका पैताला मेरालागि कहर थ्यो
चप्पल थिएन साथमा त्यहा जसरी पनि पुग्नु थ्यो
(२)
पैदल माइलौ हिडेरै भए पनि म त्यहा पुग्नु थियो
साइकिल चढेर मान्छे हिडेको देखिरहदा लाग्थ्यो
साइकिल मेरालागि आबस्याक्ता भए नि रहर थ्यो
बाटोको पैदल कुदाइ, गर्मि मेरालागि कहर थ्यो
(३)
अब म साइकिल कुदाएर गन्तब्य पुग्न थालेको छु |
साइकिलमा हिडीरहदा फेरी बाइकले उछिन्थ्यो |
खालि खुट्टा पैदल हुदै साइकिलमा पुग्दानि दुखि छु
बाटोको पैदल कुदाइ, गर्मि मेरा लागि कहर थ्यो
मोटर साइकिल,बाइक गुडाउने मेरो पनि रहर थ्यो
(४)
अचेल म बाइक कुदाएर गन्तब्य पुग्न थालेको छु
पैदल यात्री, साइकिललाइ हर्न बजाउन थालेको छु
कारमा हिडेका मान्छेले हेपेको देख्दा म दुखि छु |
साइकिलको कुदाइ, गर्मि मेरा लागि कहर थ्यो
एसीवाला कारमा गुडने हिडने मेरो पनि रहर थ्यो

(५)
अचेल म कारमा एसी लगाएर गुडन थालेको छु
अब म केहि भए भनि घमण्ड फुल्न थालेको छु
पैदल र साना सवारीलाई हर्न बजाउन थालेको छु
बाइकको कुदाइ, गर्मि मेरा लागि कहर भाथ्यो
एसीवाला कारमा गुडने हिडने मेरो पनि रहर थ्यो
(६)
अचेत मलाइ दिक्क लाग्न थालेको छ र दुखि छु
बि एम डब्लु र मर्सडीज कारले उछुनेको देख्दा
सबको कार हाइभ्यालुको छ भनेको सुनिरहदा
एसीवाला कारमा गुडने मेरो पनि कहर भाथ्यो
बिएमडब्लु र मर्सडीज हिडने मेरो पनि रहर थ्यो |

(७)
अचेल म बि एम डब्लु मर्सदडज कारमा सयर गर्छु |
कार उड्दैन शहरको भिडदेखी वाक्क भएको छु |
अब त फेरी हेलीकप्टरमा सयर गर्ने मन बनाएको छु |
न ट्राफिक, न धुवाको चिन्ता हावैमा मस्त उडने छु |
साइकिलको कुदाइ, गर्मि मेरा लागि कहर थ्यो
एसीवाला कारमा गुडने हिडने मेरो पनि रहर थ्यो

०६/०५/२०१६

Leave a Reply