पुण्डरी अर्याल
पुण्डरी अर्याल

अमेरिकाको सन्दर्भमा ‘एजेन्ट”

अमेरिकामा सबैभन्दा ट्यालेन्ट मान्छे भनेको
एजेन्ट हो
ब्रोकर हो
मिडीएटर हो
बिचौली हो
हरेक काम र बिजिनेसमा एजेन्ट हुने गर्छ |
एजेन्टले कम्पनीको प्रोडक्ट बेच्छ |
प्रोडक्ट जे पनि हुन् सक्छ |
चाहे जिबन बिमा, चाहे अटो बिमा होस्
चाहे रियर स्टेट होस्, चाहे मोटर गाडी होस्
चाहे सामान होस्, चाहे मेन पावर होस |
बाकायदा साइनबोर्डमा
भिजिटिंग कार्डहरुमा
फोटो लगाएर
नाम छपाएर
एजेन्ट बन्न इज्जत सम्झेका हुन्छन |
एजेन्टको तलब हुदैन |
उनीहरुले आफनो कम्पनीको प्रोडक्ट बेच्छन |
जसले जति बेच्न सक्छन्
त्यति धेरै पैसा कमाउछन
बिना लगानी बुद्दी बेचेर
अर्थात आफ्नो ट्यालेंसी देखाएर
त्यसैले यहा यस्ता मान्छेलाई ट्यालेन्ट मान्छे भनेको हो रे !
सारै महत्व छ यहा एजेन्ट बिना काम बन्दैन हो रे !

नेपालको सन्दर्भमा “एजेन्ट उर्फ दलाल”

अहिले नेपालमा पनि सबै चिजका एजेन्ट छन |
सभ्य भाषामा यसलाई एजेन्ट भने पनि
होच्याउन पर्दा सबैले दलाल भन्ने गर्दछन |
जस्तै :
भारतीय दलाल !
केटि बेच्ने दलाल !
जग्गा दलाल !
बिमा दलाल !
पार्टीका दलाल !
प्रस्चुसन दलाल !
मेन पावर दलाल !
सरकारी दलाल !
कम्पनि दलाल !
ठेकेदारका दलाल !

एजेन्ट उर्फ दलाललाई तलब हुदैन
कमिसनले मात्रै जिबिका चलाउछन् |
कहिले काही भसक्कै कमाउछन |
ठुलै ठाँट वाठसाथ देशकै नेता बन्छन |
दलालले देश पनि चलाउछन |

पुरानो सम्झना

मलाई एजेन्ट भन्ने कुरा थाहा थिएन पहिले
मलाई दलाल भन्ने कुरा पनि थाहा थिएन पहिले

उहिलेको कुरा हो
म केटाकेटी भएको बेला हो
हाम्रो गाउमा
सुकिला कपडा लगाएका
घाटीमा टाई,सुट लगाएका
हामीले मामा भन्ने गर्थ्यौ |
सार्है मिठा कुरा गर्ने,
केटाकेटीलाइ माया गर्ने
केटाकेटीलाई मिठाइ बाडने |
गाउमा थोरै मान्छे साइकिल चढथे
उनि भटभटे चढथे,
गाउलेलाई कुरा गरेर मख्ख पार्न सक्थे
उंनको गाउमा ठुलै इज्जत थियो |
गाउने थर्किने गरि छोरीको बिबाह गरिदिए |
धेरै दिन चर्चा चलिरह्यो |
उनि बिमा बेच्छन भन्थे गाउलेहरु !
गाउमा उनको बिमाको बारेमा थाहा थिएन
उनि प्राय शहर जान्थे |

शहरका मान्छेसँग उनको सरोकार रहन्थ्यो |
गाउमा बिमा लिने र बुझ्ने मान्छे छैनन् भन्थे उनि
मुखंजेल नमस्ते ठोके पनि
गाउमा फ्याट्ट फुट्ट बिमाका दलाल पनि भन्थे |
उनलाई !

अमरिकी नेपाली बिमा एजेन्ट ! उर्फ बिमा दलाल (नेपालीमा)

अमेरिकामा बिमा एजेन्टको बारेमा निकै चर्चा छ |
धेरै ठगियो भनेर नेपाली मिडियामा ब्यापक छ |
नेपालीले नेपालिलाइ ठग्यो भनि हल्ला मच्चेको छ |
चल्तापुर्जा भन्ने र धेरै एनआरएन बिमा एजेन्ट छन्
तिनैले समाज सेवाको ठुला भाषण पनि जान्याछन |
चाहे जनसंपर्क भन्नुस चाहे सामाजिक सस्था भनुन
जसमा लागेपनि बिमा एजेन्ट बन्न भने चुकेका छैनन्

समाचार बनेको छ,
बहस चलेको छ,
कसको पक्षमा हो
ठग्ने पक्ष्यमा हो कि ?
ठगिनेको पक्ष्यमा हो कि?
बुझ्न सकिएको छैन !

आफैले मच्चाएका छन् |
आफैमा थच्चेका छन् |

बिमा लिनेले पनी आफ्नो हैसियतले लिन जान्नु पर्यो |
बिमा बेच्नेले पनि किन्नेको जरुरिलाइ ध्यान दिन पर्यो |

अगाडी पर्दा नमस्ते पडकाउने पछाडी ठग भन्दै हिडने
बिमा लिनेको कुरो पनि बुझिएको छैन !
साच्चै बिमा एजेन्ट ठग हो भने कारवाही गर्न पर्यो |
होइन भने किन आफै आफैमा मन दुखाउन पर्यो |

पुण्डरी अर्याल

०४/११/२०१६
न्यु योर्क

Leave a Reply