लुम्बिनी खबर |
भैरहवा, चैत्र ६| “कलेजो फेरेको मान्छे” का कृतिकार पुण्डरी अर्यालको भैरहवामा प्रशंशा भएको छ | सिध्दार्थ साहित्य परिषद् १८४ औ नियमित संगम कलेजो फेरेको मान्छे बिशेषको रुपमा मनाउदै वरिष्ठ साहित्यकारहरुले उनको लेखन कला र जीवन जिउने कलाको प्रसंशा गरेका हुन् |
कार्यक्रममा साहित्य परिषदका वरिष्ठ कलाकार प्राग्य बुन्द रानाले पुण्डरी अर्याललेव्दारा लिखित ‘कलेजो फेरेको मान्छे ‘ महत्व पूर्ण कृति भएको वताए | वरिष्ठ कथाकार बनमाली निराकारले कृतिको समिक्षा गर्दै साहसी र सकारात्मक चिन्तनको कत्तिको रुपमा प्रस्तुत कृति उत्कृष्ट भएको बताए | साहित्य परिषदका निवर्तमान अध्यक्ष विजय सागरले कलेजो जस्तो खतरनाक रोगबाट पिडित भै कलेजोको प्रत्यारोपण गरि आफ्नो जीवनको भोगाइलाई पुस्तकको रुप दिएका अर्यालको साहसिक चिन्तन सबैकोलागि अनुकरणीय रहेको बताए | परिषदका पुर्व अध्यक्ष साहित्यकार मनिराम भट्टराइले २०३८ सालताका भैरहवाक्षेत्रमा प्रगतिशील साहित्यकर्मी मध्येका एक पुण्डरी अर्यालको कृतिले नेपालि भाषा साहित्यमा योगदान दिएको बताए |
अर्याल साहित्य परिषदका पुर्व सचिब समेत हुन् | हाल उनि अमेरिकामा बसोबास गर्दछन | अमेरिका छदै कलेजो प्रत्यारोपण पछी उनि पुन नेपाल आएका हुन् | उनको कृतिको मुल्याकन गर्दै सिध्दार्थ साहित्य परिषदले रामकाजि कोनिव्दारा स्थापित सक्ला वांगमय साहित्य पुरस्कार २०७२ प्रदान गरिएको थियो |
उनको सम्मानमा आयोजित साहित्यिक कार्यक्रममा स्रष्टाहरु लक्ष्मी अधिकारि, युवराज खनाल, माधव पन्थी, हृदय लेखाली, पुनाराम गिरि, केशब शर्मा, उमेशचन्द्र रिजाल, सरिना मरासिनी लक्ष्मी शर्मा, कविता रिजाल, वर्षा खनाल, सिता काफ्ले, उमेश लाटो मगर, दुर्गा बिश्वकर्मा, सन्तोष पाण्डे, छवी ज्ञवाली, रमेश समर्थक, रुद्र ज्ञवाली, राम बहादुर श्रेष्ठ, लगायतले रचना वाचन गरेका थिए | परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको सभापतीत्व, सचिव नरेश के शिको स्वागत एवं कार्यक्रम संयोजक कृष्णचन्द्र बस्यालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अर्यालले आफुलाई अभाव र समस्याले जिन्दमा साहसी बन्न सिकाएको बताए |

भैरहवा, नेपाल २०७२ चैत्र ६ सनिवार

Leave a Reply