अक्टोबर ३, २०१५,
न्युयोर्क
न्युयोर्कमा स्थापना भएका नेपाली संस्थाहरुको भिडमा एउटा भिन्दै भिजन “शुखी र स्वास्थ जिबन” लिएर शुभारम्भ गर्न थालिएको प्रसाद फाउन्डेसनको शुभारम्भ तथा परिचयात्मक कार्यक्रम न्युयोर्क, ज्याक्सन हाइटको चौतारी रेस्टुरेन्टमा एक भब्य समारोह बीच सम्पन्न भएको छ | संस्थाका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षता तथा अमेरिकाका लागि नेपालका महाबाणीज्यदुत नारायण प्रसाद मैनालीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको संचालन भिन्न किसिमले गरिएको थियो | अतिथिहरुलाई खादा ओडाएर स्वागत गर्ने न्युयोर्कका नेपालि समुदायमा रहेको परम्परालाई तोड्दै अतिथिहरुको स्वागत सस्थाकी सदस्य बन्दना खनालले पुष्प गुच्छा टक्र्याएर गर्नु भएको थियो भने स्वागत भाषाणको सट्टा कबिता सुनाएर सस्थाका सचिब बन्धु पोखरेलले उपस्थित सबैको स्वागत गर्नु भएको थियो |त्यस्तै कार्यक्रमको प्रारम्भ पण्डित हरि अधिकारीको स्वस्ति वाचनबाट गरिएको थियो भने प्रमुख अतिथिबाट दिप् प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो |
kaaryakram
कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष पुण्डरी अर्यालले आफु एन डी इ(Near Death Experience) मृत्युको स्पर्शको अनुभूति गरिरहेकै अबस्थामा कलेजो प्रत्यारोपण को शौभाग्य पाई पुनर्जीवन प्राप्त गरेकोले बाकि जिबन निश्वार्थभावले सामाजिक सेवामा समर्पण गर्ने अठोट गरे बमोजिम सस्थाको जन्म भएको पृष्ठभूमि उल्लेख गर्दै संस्थाको लक्ष्य, उदेश्य तथा कार्यक्रमबारे प्रकाश पार्नु भयो भने सस्थाका सिनियर सेन्टर स्थापना प्रोजेक्टका प्रमुख कमल राज पाण्डेज्युले अमेरिकामा बढ्दै गरेको नेपालि समुदायमा सिनियरहरुको संख्या पनि उल्लेखीय रुपमा रहेको कुरा औल्याउदै सेन्टरको आबस्याकता र महत्व बारे प्रकाश पार्नु भयो |वहाले आफू स्वयम पनि सिनियर भैसकेकोले नेपाली सिनियरहरुले अमेरिकामा भोगिरहेको समस्या आफुले नजिकबाट नियालिरहेको कुरा औल्याउदै यस्तो सेन्टरको स्थापनाको परिकल्पना भएको सस्थामा सेन्टर बनाउने जिम्मेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आफ्नो तर्फबाट यसलाई पुरै तागत लगाएर सहयोह जुटाउन प्रयास गर्ने छु भनि प्रतिबध्दता जाहेर गर्नु भयो |वहाले अमेरिकामा अन्य कम्युनिटीका सेन्टरहरु भएको तर नेपालीहरुको एउटा पनि त्यस्तो कम्युनिटी सेन्टर नभएको अबस्थामा सो को स्थापनाको लागि गरिने प्रयासमा सम्पूर्ण नेपालीहरुले सहयोग गर्न आग्रह गर्नु भयो |

प्रमुख अतिथिको आसनबाट अमेरिकाका लागि नेपालका महाबाणीज्यदुत नारायण प्रसाद मैनालीले आफुले संस्थाको उदेश्य तथा कार्यक्रम अत्यन्त आबस्याक तथा महत्वपूर्ण ठानेको बताउदै पवित्र उदेश्यले संचालन गर्न थालिएको कार्यमा व्यक्तिगत रुपमा आफ्नो तथा महा बाणिज्य दुताबासको तर्फबाट हुन् सक्ने हरेक किसिमको सहयोग गर्ने र सम्बन्धित निकायाहरुबाट सहयोग जुटाउनको लागि हर सम्भब पहल गर्ने प्रतिबध्दता जाहेर गर्नु भयो |

karyakram

प्रवासी नेपाली मंच, अमेरिकाका अध्यक्ष्य संजय थापाले जुनसुकै राजनीतिबाट प्रेरित भएका व्यक्तिले गरियता पनि समाज सेवाको भावनाबाट गरिएको काम सरानीय हुने बताउदै, हरेक कुरामा राजनीति दृष्टिकोणले हेरी संका गर्नु नहुने भन्नु हुदै मंचले यस कार्यमा सहयोह पुर्याउने बाचागर्दै शुभकामना दिनु भयो |
जन सम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समाजमा गर्न खोजिएका राम्रा कामका लागि समिति सधै सकारात्मक भै सहयोग गर्ने गरेको परिप्रेक्ष्यमा यो सस्थाको उदेश्य हाम्रो समाजको टडकारो आबस्याकता सिनियर सेन्टर स्थापनाको अबधारणा ल्याएको हुदा आफ्नो र समितिको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबध्दता सहित संस्थाको सफलताको लागि शुभकामना दिनु भएको थियो | जेष्ठ नागरिक रामेश्वर कोइरालाले आजको कार्यक्रमले खादा परम्परालाइ तोडेको भन्दै सभा संचालनमा नयापन महसुस गरेको बताउनु भयो भने समाजसेवी सुभाष लामाले खादा लगाउने समय र अबस्था फरक भएको र खादाको सम्मान नभएको कुरालाई उठाउदै, सस्थाको कार्यक्रम सफल होस् भनि शुभकामना दिनुभएको थियो उक्त कार्यक्रममा सह-कन्सुलर प्रविन भट्टराइ, महिला अभियन्ता सिता खरेल, रिजउड नेपालि समितिका अध्यक्ष रबि किरण कोइराला, पत्रकार ज्योति श्रेष्ठ, साहित्यकार कमला पर्साई, सुनिता शर्मा, कनेक्टिकट नेपाली समाजका उपाध्यक्ष रामचन्द्र रेग्मीले समेत शुभकामना व्यक्त गर्नु भएको थियो |
कार्यक्रम संचालिका शकुन्तला ज्ञवालीले संचालनको क्रममा “बुढेसकाल” शिर्षकको कबिता बाचन गर्दा उपस्थित अधिकांशका आखा रसाएका थिए भने अन्त्यमा मिठो २ लाइनको लोक गित समेत गाइ मन्त्र मुग्ध पार्नु भएको थियो |अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष पुण्डरी अर्यालले प्रतिकुल मौसम तथा हावा हुरी को वाबजुद पनि कार्यक्रमलाई महत्व दिनु भै उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरुलाई धन्यबाद दिदै सभा समापन गर्नु भएको थियो |

karyakram

-बन्धु पोख्रेल

Leave a Reply