पुन्डरी  अर्याल
पुन्डरी अर्याल

व्यंग्य कबिता !
हामी एमाले देसका बर्तमान सरकार |
हामिलाइ परेको छ देश बनाउने दरकार
स्कुल कलेज नगएरै राजनीति गरेको
उखान टुक्कामा पी एच डी छ गरेको
भाषणमा हामिहरु मास्टर हो गरेको

सबैलाई तह लगाउन पनि सक्छौ |
हामि कांग्रेस जस्तो बेकुफ छैनौ
प्रत्यक्ष भारतलाई समर्थन गर्दैनौ ,
मदेसे जस्ता नांगिएका पनि छैनौ |

भाषणमै,
हामीले हावाबाट बिजुली निकाली दिन्छौ |
हामीले पाइपबाट ग्यास बाडी पनि दिन्छौ
जनता पत्यौछन र करतल तालि पिटछन् |
जनता भोकै पनि चित्त बुझाएर बस्छन,
तर हामीलाई सत प्रतिसत पत्याउछन,

बहुदल आएर केहि भएन, गणतन्त्र आएर केहि भएन !
कांग्रेस आएर केहि भएन हामि आएर केहि पनि भएन !
भूकम्प पिडितप्रति कोइ पार्टीहरु सम्बेदनशील भएन !
कसै कसैले भन्दै गरेका छन् |

फेरी पनि कांग्रेस,माओवादी, मदेसेले भोट पाएका छौ |
हिजो हामि झोले थियौ, आज हामि अरबपति भएका छौ |
तर पनि जनता पत्यौउदै छन् हामिहरु इमान्दार छौ |
नाकाबन्दी भारतले गरेको हो, हामि सबैलाई थाहा छ |

हामि सबैले भारतको नुन खाएका छौ,
मदेसे पार्टीले माग राखेर नेपालमा आन्दोलन गर्छ
कांग्रस प्रस्ताब ल्याउछ, एमाओवादिले समर्थन गर्छ |
बाध्य भएर यो पास गर्न पर्यो भनेर एमाले भन्छ |
हाम्रो पार्टी राष्ट्रवादी भएरै भारत संग सम्झौता गर्छ |

देख्नु भयो त हामीलाई,
हामि त हावाबाट बिजुली निकाली दिने मान्छे हौ |
हामि त पाइपबाटै ग्यास चुलोमा पुर्याउने मान्छे हौ |
कसो ?

Leave a Reply