पुण्डरी अर्याल
पुण्डरी अर्याल

व्यंग्य कविता
म हु नेपाली राष्ट्रवादी नेता!
हामी एमाले देसका बर्तमान सरकार |
हामि त स्कुल कलेज नगएरै राजनीति गरेको
उखान टुक्कामा पीएच डी छ |
भाषणमा त मास्टरी छ |
सबैलाई तह लगाउन पनि सक्छौ |
हामीले पनि भारत कै लागि काम गर्छौ
तर हामि कांग्रेस जस्तो बेकुफ छैनौ
प्रत्यक्ष भारतलाई समर्थन गर्ने,
मदेसे जस्ता पनि होइनौ |
हामीले हावाबाट बिजुली निकाली दिन्छौ |
हामीले पाइपबाट ग्यास दिन्छु |
भन्दा पनि, जनता पत्यौछन |
तालि पिटछन् |
जनता भोकै बस्छन तर हाम्रो आस्वासन
चित्त बुझाएर बस्छन,
पत्याउछन,
बहुदल आएर केहि भएन, गणतन्त्र आएर केहि भएन
कांग्रेस आएर केहि भएन हामि आएर केहि भएको छैन
फेरी पनि भोट हामीलाई दिन्छन
कांग्रेसलाई दिन्छन, माओ वादीलाई दिन्छन
मदेसेलाई दिन्छन,
हिजो हामि झोले थियौ, आज हामि अरबपति भएका छौ |
हामि इमान्दार छौ,भन्दा जनता पत्यौउ छन् |
यो नाकाबन्दी भारतले गरेको हो,
हामि सबैलाई थाहा छ |
हामि सबैले भारतको नुन खाएका छौ |
म त राष्ट्रवादी भएरै भारत संग सम्झौता गर्छु |
कांग्रसले प्रस्ताब ल्याउछ, एमाओवादिले समर्थन गर्छ |,
मैले भन्छु म बाध्य भएर यो सरकारले पास गर्न पर्यो !
जनताको अगाडी राष्ट्रवादी बन्ने उपाए हो |
तपाइँ हरुलाई थाहा छ नि, हिजो कांग्रेस राप्र पा सबैले
महाकाली सन्धिमा सहि गरे, मैले पार्टी फोडेरै
भारतको पोल्टामा बुझाएको !
तपाईलाई थाहै होला
कांग्रस माओवादीलाइ दिल्लीमा लगेर
१२ बुदे सम्झौता गराइदिएको,
म् त असाध्ये चलाख मान्छे हो नि !
हावा बाटै बिजुली निकाली दिन्छु ?
पाइपबाटै ग्यास बितरण गर्ने मान्छे हुम !
तपाइँ पत्याउनु होस् या नपत्याउनु होस् !

म हुँ एक प्रजातन्त्रवादी कांग्रेसी नेपाली नेता |
त्यसैले हामीले भारतबाट आयातित
नेता बाट बहुदलको माग गर्न लगायौ |
बहुदल ल्याएर नेपाललाई परिबर्तन गर्यौ |
कमसेकम संसारकै उत्कृष्ट अर्थमंत्री बनायौ |
देशका उद्योग टाट पल्त्याएर,
देशलाई गरिबीको रेखामुनी पुर्याएर
देसलाइ खानेपानी बिहिन बनाउन सक्यौ
कमसेकम बिजुली आपूर्ति कम गर्न सक्यौ
लोडसेडिंग बढाउन सकेका थियौ |
नेपालि युवालाई विदेश खेदन सक्यौ |

म नेपालको क्रान्तिकारी नेपाली नेता
भारतीसहयोगबाट नेपालमा क्रान्ति गर्यौ
हजारौ नेपाली मारेर हामि क्रान्तिकारी बन्यौ
हामीले जातजातमा बिभाजन गर्न सक्यौ |
हामीले जनजातिलाई छुट्याउन सक्यौ
मदेशिलाई भडकाउन सक्यौ |
देशमा सबैलाई लडन सिकायौ |
देशलाई कंगाल बनाउन,कुनै कसर राखेनौ |
देशलाई अस्तव्यस्त बनाउन सफल भयौ |
हामीले कांग्रेस, एमालेलाई सबैलाई,
गणतन्त्रवादी बनायौ |
देशमा राजतन्त्र समाप्त पार्न सक्यौ |

म हुं मदेशमा जन्मेको भूमिपुत्र नेता |
नाकामा धर्ना दिई नाकाबन्दी गर्न सक्यौ
भारतलाई भनेर नाकाबन्दी गर्न सक्यौ |
थुप्रै जनतालाई दुख दिन सक्ने शक्ति छ,
हामीसंग,
हामि पनि कांग्रेसभन्दा काम छैनौ \
हामीले पनि भारतसंग मिल्न सक्छौ |
हामीले पनि तिमीहरु जस्तै लडन सक्छौ
हामीलाई हेप्न कहा पाइन्छ र ?
कांग्रेस दिल्लीबाट चल्न हुने
एमाले दिल्लीबाट चल्न हुने
माओवादी दिल्लीबाट चल्न हुने
उनीहरु सबै सबै राष्ट्रबादी हुने
अनि हामि चाहि भारती दलाल हुने ?
हामीलाई हेप्न पाइन्छ ?
हामीले तिम्रो पदचाप लिएका हौ |
जनतालाइ किन ढाटदै छौ ?
आफुलाई नेपालि राष्ट्रवादी हौ भनेर,
म हुं जनजातिको राष्ट्रवादी नेता
कांग्रेस र एमाले हेपेको हुनाले
हामि पनि नेता भएको हो |
हाम्रो बलबाहु बाट तिमि मन्त्रि हुने !
चुनाबमा बुथ क्याप्चर हामीले गर्दिएर
तिमीहरु जीतेर हामीलाई शासित बनाउने |
अब हामि पनि नेता बन्न सक्छौ |
तिमीले सोझा जनजाती बेकुफ बनाउदै गर्दा
हामीले पनि आफ्नै जनजाती भनेर बनाउन सक्दैनौ र !
आखिर भाषण मात्रै त हो !

म त दलितको नेता |
के गर्ने नेता हुनकै लागि
हाम्रा सबै बन्धुलाई अछुत बनाउन पर्ने भो !
दलित पार्टी नखोले सम्म त नेता हुने नपाइने भो
जात भात नभए पनि आफैले आफुलाई
अछुत बनाउन परिरहेकै छ \
के गर्नु हजुर आफुलाई दलितको नेता बन्नु छ !

म त शिवसेनाको धार्मिक नेता
हिन्दुहरु को धार्मिक नेता
हाम्रो परम्परा, संस्कार नेताले तोड्दै गर्दा
जोगी, स्वामी, पण्डित भइ बसेकालाई
नेता नभई नहुने गराई छोडेका छौ |
हामि सुतेका बाघ हौ,
हामीले पनि नेता हुन् जानेका छौ,
हाम्रो हिन्दु राष्ट्रलाई धर्म बिहिन बनायौ |
हाम्रो हिन्दु राजालाई मास्यौ त्यसैले,
हामीले पनि नेता हुन् बाध्य बनाएका छौ |

म् त क्रिशियनको धार्मिक नेता
युरोपले डलर खर्चेर चर्च बनाएका छौ |
आखिर नेताले क्रिशियन बढाउँ लगाएका छन् |
पैसा पनि पाइने नेता बन्न पनि पाइने डलर पनि पाइने |
त्यसैले म नेपालि क्रिशियन पादरी नेता !

म त बुध्दिष्टहरुको नेता
हिन्दुले हामीलाई पनि हिन्दु भनिराख्या छन
हाम्रो धर्म आफ्नो धर्म हो ,
हिन्दुले भनेर हुन्छ|
बुध्द नेपालमा जन्मेको पो हो !
बाउ पो हिन्दु हुन्,
उनि त बौध्द धर्मका देवता हुन् |
अनि हामि धार्मिक नेता नहुने त !

Leave a Reply