पुण्डरी अर्याल
पुण्डरी अर्याल

बुढा बा आमाहरु भूकम्पले खसेको साल
धरती कम्पयान भइ छानो ढलेको साल
मुटुका टुक्राहरूको प्राण पखेरु उडेको साल
जिन्दगि भरि ओत लागेको घर टुटेको साल
मलाइ पटक्कै सम्झन मन लागेको छैन यो साल

बा आमा गुमाउने स-साना छोरा छोरीलाई देख्दा
कर्मठ छोरा छोरी गुमाउने बुढा बा आमालाइ देख्दा
बैशकी स्वास्नीले आफ्नो लोग्ने गुमाएको देख्दा
साना छोरा छोरीकी आमा गुमाएको बालक देख्दा
किन किन मन रुन्छ, ती दृश्य देख्दा !

बर्खामा घर विहिन तम्बुमा बिताएका दिन रात
कठ्यान्ग्रिएको चिसोमा तप टप चुहीने पाल भित्र
सुत्केरी आमाहरुले खुराक बिना बिताएको दिन रात
भोक भोकै राहतको पर्खाइमा गुज्रेका एक एक क्षणहरु
मलाइ पटक्कै सम्झन मन छैन ती क्षणहरु !

भूकम्पले बाआमा बिहिन बनेका बालकहरुले
अन्धकारमय भविष्य बोकेर गुजारेका दिन रातहरु
न खाने को ब्यबस्था छ न बस्नेको ठेगान नै छ
अछुतो छैन वल्लो घर पल्लो घरको दिन रातहरु
मलाइ पटक्कै सम्झन मन छैन ती रातहरु

पार्टीहरु कुर्ची र पद बाडफांडमा तल्लिन छन
राहत धनमा आँखा गाढि छिना झप्तिमा छन्
पिडामा पिडा थप्दै मदेशले नाका बन्द गरेको छ,
पहाड भूकम्पले तहस नहस नै बनिसकेको छ
मलाइ पटक्कै सम्झन मन छैन यो साल

तराइ बन्द छ, आन्दोलन खै केका लागि हो ?
नेता बाहेक, जनता पिडामा देख्दछु नि हो ?
नेतालाई भत्ता सत्ता, जनतालाई नाकाबन्द !
ग्यास, पेट्रोल सबै सत्तामा हुने र प्रतिपक्षीमा
मजदुर बेरोजगार, फेक्ट्री बन्द,ब्यापार बन्द !
मलाइ पटक्कै सम्झन मन छैन यो साल

अब त नेपाल, नेपाल रहेन, न त नेपालि नै रहे |
अब त कतै कांग्रेसी कतै एमाले कतै मधेसी मात्र रहे ||
कतै माओबादी, सबैतिर खाओबादी मात्रै बाकि रहे |
मदेश, ताम्सालिन, कतै थरुहट, जातीय मात्रै रहे ||

अब त देशमा नेपाली जनता बिहिन भै सकेछ |
भत्केको घर, बिखन्डन परिबार निरासा जिबन
नाङ्गो आकाश, भोको पेट, निरिह आखा
फाटेका त्रिपालमुनि सास धानेकाहरु,मन भत्केका
तन भत्केको र आश भत्केको निरिह अनुहारहरु
न ती जनताको श्रेणीमा गनिएका छन् |
यी सब देखेर चित्त नदुखेको दिन छैन !

न कुनै नागरिकका रुपमा छन्,
न राज्यको पहुच भित्र पर्दछन |
आधुनिक शामंतहरुले शोषण गर्ने प्रणाली मात्र हो
गणतन्त्र, प्रजातन्त्र, मानब अधिकार,
उनीहरुको मलिन अनुहार देखाएर
भत्केका घर, फाटेका त्रिपाल मुनि सास धानेका
निरिह गरिब जनताको तस्विर देखाएर,
कचौरा लिई बिश्वभर मागी रहेका छन् !
यी सब देखेर चित्त नदुखेको दिन छैन !

तर भिक् मनग्ने पाए पनि
जसलाई आबश्याक हो, उसकहा पुग्दैन !
एन o जी oओ र सरकारका पजेरो गुडिरहेको छ |
पदका मान्छेका गाला टल्केका छन् |
नाकाबन्दी चलिरहेको छ |
काला बजारी चलिरहेको छ |
गाडी घोडा गुडिरहेका छन् |
मन्त्रीको सवार चलेकै छ |
मानौ यहा केहि भएको छैन !
यी सब देखेर मन नदुखेको कुनै दिन छैन !

पुण्डरी अर्याल
०१/०१/२०१५

Leave a Reply