नयनलालहरु कानो भएपछी |
धनपतिहरु माग्ने भएपछी |
गरिबदाशहरु मालिक भएपछी |
विद्याधरहरु अनपढ भएपछी |

नाममात्र भएर के गर्नु ?
नाम मुताबिक स्वरूप भए पो |

दयारामहरुले हतियार बोकेपछी |
मिश्री कुमारीहरु कर्कश भएपछी |
बिनोदहरु रोएरै दिन बिताएपछी |
शुखिरामको भारि बोक्न नछुटेपछी |

नाममात्र भएर के गर्नु ?
नाम मुताबिक काम भए पो !

राजकुमार गरिबघरमा जन्मेपछी |
स्वर्णधरका हातमा आरन भएपछी |
अमृतसंग विषका थैली भएपछी |
सरलहरु अति कठिन भएपछी |

नाममात्र भएर के गर्नु ?
नाम मुताबिक काम भए पो |

सुन्दरलालहरु कुरूप रुप भएपछी |
आनन्न्दलालहरु क्रोधी भएपछी |
निर्मलहरु मनका मैला भएपछी |
तिखे गोरुको सिङ भाचिएपछी |

नाममात्र भएर के गर्नु ?
नाम मुताबिक काम भए पो !

अर्जुनहरु सित धनुष नभएपछी |
विजय लालहरु चुनाब हारेपछी |
ज्ञानप्रसादहरु भोदु बुद्दु भए पछी |
पूर्ण प्रसादले काम अधुरै छोडेपछी |

नाममात्र भएर के गर्नु ?
नाम मुताबिक काम भए पो |

दर्शनदेवीहरु घुघटभित्र लुकेपछी |
रुपवतीहरु काली कलौटि भएपछी |
शिलवतिहरु अश्लिलमा उत्रेपछी |
पुष्प, कमल, फूल कठोर भएपछी |

नाममात्र भएर के गर्नु ?

पुन्डरी  अर्याल
पुन्डरी अर्याल

नाम मुताबिक काम भए पो !

पुण्डरी अर्याल
१२/१४/२०१५

Leave a Reply