इश्वरले त महाशय

जगत बनायो

जगतलाई जीवन दियो

प्राणी बनायो

वनस्पति बनायो

न जात बनायो न वर्ण बनायो

इश्वरले फगत मान्छे बनायो

 

जब अप्रेसन कोठामा हुन्छ मान्छे

रोगले रगत माग्छ

जात सोध्दैन

आवश्यक पर्दा चिकित्सकले

रगत जातको हैन ग्रुपको खोज्छ्र

रगतले जात खोज्दैन

इश्वरले जात चिन्दैन

 

विदेश जान लाइन लाग्दा अध्यागनमा

अधिकारीहरु पासपोर्ट माग्छन

पासपोर्ट जातको होइन

देशको चाहिन्छ

साँध सिमाना त जमिनमा पो कोरिन्छ

कसले को¥यो यो मान्छेको सिमाना

इश्वरलाई दोष नदेउ मित्र

इश्वर जातको कित्ता काट्ने अमिन होइन

 

शास्त्र भन्छ

महादेवको जात थिएन

गोत्र थिएन

भन ए जातका उपासकहरु

कस्ले बनायो यो जात

कसले रोप्यो जातीय विभेदको वीषवृक्ष

सत्ताले

शाषकले

शोषकले

या पाखण्डले

 

इश्वरले बनाउँदा  मान्छे बनाए

फरक फरक अनुहार बनाए

के फरक छ थेप्चे र चुच्चेको रगतमा

प्रकृतिको रचनामा

कोही काला बने कोही गोरा

के फरक छ काला र गोराको रगतमा

 

कलेजो फेरेको म मान्छे

कुन जातको कलेजो फेरें थाहा छैन

यत्ति थाहा छ

त्यो कलेजो मान्छेको थियो

अस्पतालका शैयामा

पचासौं युनिट रगत चढाइएको म मान्छे

मेरो रगतमा कुन जातको रगत दौडिरहेछ थाहा छैन

यति थाहा छ

त्यो रगत मान्छेको थियो

 

खै त यो प्रवासमा

मिलेर बाँचिरहेका छौं

थुप्रे भूगोलका मान्छे

थुप्रै जातका मान्छे

थुप्रै वर्णका मान्छे

थुप्रै धर्मका मान्छे

बिभिन्न जातका मान्छे,

मुश्लिम धर्मका मान्छे,

हिन्दुका धर्मका मान्छे,

बुध्दका धर्मका मान्छे,

यहुदी  धर्मका मान्छे

जैन धर्मका मान्छे,

काला मान्छे,

गोरा मान्छे

थेप्चे मान्छे,

चुच्चे मान्छे,

सबै किसिमका मान्छे

 

मिलेरै त बसेका छौ यहा ्र

भाषा नमिले पनि,

धर्म नमिले पनि,

जात नमिले पनि

वर्ण नमिले पनि

 

( नेपालमा जातीय राज्यको बितण्डा भैरहदा, न्यु योर्कमा पनि यस्ता त्यसको असर देखिएको थियो, त्यसै सन्दर्भलाई लिएर लेखेको थिए )

०५।१७।२०१५

 

Leave a Reply