पुण्डरी अर्याल
पुण्डरी अर्याल

अन्तिम दिन !

छटपटिई रहेको छु आफ्नै छानोले च्यापिएर

रोइकराउदै गुहार मागी रहेको छु कराएर

काखको छोरो उछिटिएर कुनामा फसेको छ

ढोकै नेर लडेकि छन् ठुली दलिनले च्यापेर

सुस्तरी सुस्तरी सास फेर्न अफ्ठ्यारो हुदै छ

सरिरका हड्डी सग्ला छैनन् मात्र पिडा छ |

दुखाइ बढ्दै छ जिबन भासिदै छ

सास निस्सासिदै छ,

अब मेरा दिन अन्तिम भएछ |

छोराको रोदनले मेरा कान सुन्न भएका छन् |

ठुलीको प्राण पखेरु छ छैन ज्ञात छैन,

प्रतेक मिनेट कहरको पिडा थपिदै छ |

ठुली छोराको दुध किन्न के निस्केकी थिइ !

गर्ल्यामगुम ढल्यो घर,

ठुली च्यापिकी थिइ, मैले उठाउन सकिन

म च्यापीए, ठुलिको एया शब्द मेरोलागि

आज अन्तिम भएछ |

काखे छोरो दुध नपाएर भोकै रोइरहेछ |

निस्पट अन्धकार बिचमा मलिन रोवाई

मेरो दुधे बालक छोरा न छुन सक्छु

न देखन् सक्छु|

घडीका सुइँको टिक टिक अवाज संगै

सेकेन्ड सेकेन्ड मेरालागि कहर बन्दै छ |

मिनेट मिनेट गर्दै घण्टा र दिन भए |

दिन पछी अर्को,

अब उद्दारको आश मरिसक्यो,

अब त चोटका घाउबाट बगेका

रगतले जिबन अन्तिम बनाएछ,

सुस्तरी मेरा आखा बन्द हुदै गए,

धडकन सुस्त हुदै गयो, कता कता

मेरो बाबु छटपटीएर रुएको नलिन स्वर सुकेछ क्यारे,

मेरो घरले,

मेरी प्रियसी, मेरो सन्तान एकै

ठाउमा चियान बनाएर ढल्यो, आफैसंग

सारा जिबन भरि ओत दिएको,

मेरा पुर्खाको पसिनाले खडा गरेको

मेरो धरोहरसंग मेरा पदछाप समाप्त भए,

यो दिन मेरो अन्तिम भएछ |

(भूकम्पले पुरिएको जिबनको अन्तिम दिन अनुभूती)
भानु जयन्तिमा पढेको कविता /

०७/१२/२०१५

Leave a Reply