
प्रजातन्त्रका लागि मरिमेटने मेरा आफन्त गुमाए |
यसले पनि केहि दिन सकेन अनि गणतन्त्र समाए|
दशौ बर्ष प्रजातन्त्र प्राप्तिको लागि लडेरै भिडेरै गुमाए |
नेताको बादरे तमाशा हेरेर, दशौ बर्ष त्यसै बिताए |
दशौ बर्षको सशस्त्र युध्द भोग्न बाध्य भए भोगे पनि |
यहाँ नि आफ्नैका रगत बगे यताको पनि उताको पनि|
बर्षौ सशश्त्र युध्दले बित्यो, अर्को दश संबिधानका नाममा |
जनताको आशलाइ भितई, देखि मारे संबिधानका नाममा |
केहि भएन देशमा बिकाश, तान्डब्य नृत्य भयो मात्रै |
सभासदले देशको ढिकुटीले, भयो काम भुडी भर्ने मात्रै |