pundary aryal
pundary aryal

छातीमा हात राखी आखाचिम्म गरि मनलाई सोधे
ए मेरो मन लौ न मलाइ बता मेरो गन्तब्य के हो ?
सोच्नै सकिन मैले लौ न बता मेरो मन्जिल के हो ?

जिन्दगी भौतारिएर बित्यो बाटो चिनाउन सकिन |
मुलबाटो मिसिने लौ न बता कुन चाहि गोरेटो हो ?
मूल गन्तब्य पुग्न बता दे न मलाइ कुन पथ हो ?

कहिले धन कमाउने लालसामा बिताए जिन्दगी |
कहिले नाम कमाउने लोभमा बिताए यो जिन्दगी |

निरन्तर पो लागिरहे अनवरत सुकर्म सम्झी |
ए मेरो मन सहि के होला लौ न बताई दे मलाइ |
कस्तो खाले कुन मान्छे हुने लौ न बताई दे मलाइ
ठुलो, धनि, असल मान्छे मध्ये कुन मान्छे लाइ |
भन कुन मार्ग हो मेरो मन बताई दे न मलाइ |

कहिले ठगीए विश्वासमा कहिले भरोसामा हुदा
चिन्नै सकिन मान्छेहरुका रुपहरु सँसंगै हुदा
को संग सोधु मैले मेरो मन्जिल के हो ?भन न मन |
कता जाउ कसरी भेट्याने हो मन्जिल भन न मन |
पुण्डरी अर्याल

०३/२५/२०१५

Leave a Reply