पुन्डरी  अर्याल
पुन्डरी अर्याल

प्रत्येक बर्ष आउने नयाँ बर्षले
सिवा बुढो बनाउने काम बाहेक केहि गरेंन |
आगो साल भाग्यले साथ् दिने छ भन्ने आशामा,
यो साल पनी बिनासित्ती बितेर गयो |
नया क्यालेन्डर फेर्ने काम मात्रै भयो |
क्यालेण्डरका पाना पल्टे जस्तै
जिन्दगीका पानाहरु पल्टिदै गए |
फगत निराधार आशको भरोशामा |
यसै गरि एक, दुइ गर्दै कयौ साल बिते |
न कुनै योजना छ, न त लक्ष्य नै |
शुभकामनाले मात्रै कहा हुदो रहेछ र !
देशमा संविधानको रडाको रटेको बर्षौ भैसकेछ |
बर्ष फुत्त निस्कदै छ, एउटै कुरा पुरा भएन !
यो साल पनि युवा अरब खाडी तिरै लाम लाग्न रोकिने छैन
यो सालमा पनि देशका नेताहरु ढुकुटी लुटन छोडने छैनन
संविधानको नाममा !
धारामा पानि यो साल पनी आउने छैन,
लोड सेडिंग यो साल पनि घटने छैन
रोजगारीको त कुरै छोडौ,
नेपाल बन्द यो साल पनि रोकिने छैन,
हामि त्यो देशका जनता हुँ
गन्तब्य र लक्ष्य बिनाका, मनो रोगीहरु शासक हुन्छन
अनि जनताको जिबनमा के परिबर्तन हुन सक्छ र ?
फगत झुटो शुभकामनाले तिमीलाई चित्त बुझ्छ भने
सुस्वास्थ्य, दिर्घायुको र प्रगतिको शुभकामना लेउ |
मलाइ थाहा छ यो सालमा पनि रोल्पा रुकुम सिटामोल पुग्ने छैन
खाद्यान्नको त परे जाओस,
खाद्यान्न र औषधि बिनाको सुस्वस्थ्य कसरी सम्भव छ ?
जब देशमा भ्रष्टाचार र लुट छ भने प्रगति कहा सम्भव छ ?
तै पनि म चाहन्छु धाराहरुमा शुध्द पानि बगोस!
बिजुली ले देश धप्प बलोस,
खाडी देशमा युवा लाम लाग्न नपरोस,
बाटो घाटो, उद्योग, धन्दा देशमा बढोस,
नया बर्षले नेताको सदबुध्दी पलाओस,
सम्पूर्ण मित्र, आफन्त र देशबासीमा फेरिपनि,
सुस्वास्थ्य दिर्घायु र प्रगतिको शुभ कामना !
नया बर्ष २०७२,

पुण्डरी अर्याल ०४/१३/२०१५

Leave a Reply