पुण्डरी अर्याल
पुण्डरी अर्याल

चांदी सरह चम्किरहेछ हिम शृंखला
सगरमाथा चुलिएको छ मेरै देशमा
शान्तिका बिगुल फुकिरहेका इश्वर
बुध्दको जन्म भएथ्यो मेरै देशमा
जीवन धन्यबनाउदै तिर्थ स्थलहरु
पशुपति मुक्तिनाथ छन् मेरै देशमा
प्रकति छटा र बिबिवताले भरिपूर्ण
हिमाल पहाड मदेश पनी मेरै देशमा

कोशी, गण्डक र महाकालीमा बगिरहेछ
अमृत सरह जल भण्डार पनी मेरै देशमा
गुराँस फुलिरहेका छन् पाखा पखेरामा
डाँफे मुनाल नाचिरहेकै छन् मेरै देशमा

अंग्रेजसंग नालापानी युध्द लड्दै भिड्दै
बहादुर बिर नेपालीले जोगाएको मेरै देश
लाखौ बिरहरुको रगतले सिंचिएको छ यहा
थुप्रै जनताका पसिनाले सिंचिएको छ यहा

देश बनाउन थुप्रै सपुतहरुले शहिद भए
कहिले बहुदलको नाममा
कहिले गणतन्त्रको नाममा
खै अमृत बग्ने देशमा काकाकुल किन बन्दै छ ?
खै जल भण्डारको देशमा लोडसेडिंग किन बढ्दै छ?
खै आज नेपाली मनहरु किन जात जातमा विभक्त छ ?
दुनियाले काचुली फेरी सक्यो हामि किन सक्दैनौ ?
युवा शक्ति पलायनतिर भासिदै छन् किन रोक्न सक्दैनौ ?
मलाइ दुख लाग्छ |
देश बनाउने ठेकेदारहरु नै भ्रष्ट भएपछी हामि के गर्न सक्छौ र |
राष्ट्र सेवक नै भ्रष्ट भएपछी हामि के गर्न सक्छौ र |
सुरक्षामा खटिएका नै लुटेरा,बलात्कारी भएपछी
हामी के गर्न सक्छौ र |

म त बिदेसिएको मान्छे |
भएन् भनेर कलेजो फेरेको मान्छे |
सयौ रगतका बोतल फेरिए होला |
तर मेरो रंग फेरिन सकेन |
मेरो मन फेरिन सकेन |
मेरो भावना फेरिन सकेन |
तर पनि मेरो देशको माया
मेरो मुटुमा छ
मनमा छ
मस्तिष्कमा छ
रगतमा छ |

(एन जे को कार्यक्रकमको लागि तयार बनाइएको कबिताले पालो पाएन )

Leave a Reply