पुन्डरी  अर्याल
पुन्डरी अर्याल

“ ठुलो मन हुनेले बिचारको बारेमा चर्चा गर्छन | मध्यम मन हुनेले घटनाको बारेमा चर्चा गर्छन र निचो मन हुनेले व्यक्तिको बारेमा चर्चा गर्छन |”
यो भनाइ महान दार्शीनिक सुकरातको हो | यो कोटेसनले हामी नेपाली समुदाय भित्रका हाम्रो आत्म मुल्याकन गर्न विवस गराउछ | हामी कुनखाले मनका छौ | हामीले कसको बारेमा बढी चर्चा गरिराखेका छौ ?
यस्ले हामि कुन खाले मनका रहेछौ भन्ने कुरा सजिलै थाहा पाउने छौ | हामीले राम्रा बिचार , देश र समाजलाई बढी फाइदा हुने काम गर्न सकिरहेका छैनौ | सकारात्मक ठुलो सोचाइ र बिचारलाई सहयोग हुने खाले कुराको बारेमा छलफल चर्चा गरिराखेका हुदैनौ | या त हामी घटनाको बारेमा चर्चा गरिराखेका हुन्छौ, त्यो पनि बहुत कमै मात्रामा गर्छौ | धेरै जसो चर्चा ब्यक्तिकै बारेमा गरिराखेका हुन्छौ | फलनो मान्छे यस्तो खाले , फलनो मान्छे सारै घमण्डी, फलनो मान्छे त फटाहा रहेछ, फलाना त ठग रहेछ, फलाना त टेक्सी चलाउदो रहेछ , फलानो त खुबै नेतागरी गर्दो रहेछ, फलाना त खुबै ठुलो पल्टिदो रहेछ, फलानो त टुप्पाबाट पलायो, फलानो त आफुलाई बहुत ठुलो बिध्दान सम्झदो रहेछ, हेर त त्यसको चुरु फुरी,फलानाले नेपालमा पनि स्वास्नी राखेको छ अमेरिका पनि स्वास्नी राखेको छ,फलानोको स्वास्नीको हेम पेम फलाना सित छ, फलाना त कति नक्कली छ , फलानाले त केटा राखेर बसेकी छ, मेरो छोरो राम्रो मेरी छोरी राम्री, मेरो छोरोले यति पढ्यो उसको छोराले पढ़ेन, फनालो त कांग्रेस हो, फलाना त कम्युनिष्ट हो, फलाना त राजाबादी हो | फलनो वकिलले ठग्छ, फलनो वकिलले बहुतै फुर्ति गर्छ, फलानोले त दुइ चार हजार डलर भयो भन्दैमा म बिलगेट भए भनेर फुर्ति गर्छ, फलनो पत्रकार त छट्टु छ | पत्रकारले पत्रकारलाइ फलनो त यस्तो छ, उस्तो छ,फलानोले यस्तो काम गर्छ, मेरो काम राम्रो छ, मेरो जस्तो उसको कहा हो र ? फलानोले दुइ चार लाइन के लेखेथ्यो खुबै ठुलो साहित्यकार सम्झिन्छ, लेख्ने ढंग छैन त्यसै फुर्ति गर्छ, यस्ता खाले कुराहरु न्यु योर्कमा रहेका नेपाली समुदायमा प्राय सुनिने चर्चा हुन् |
नेपालमा २०४६ सालमा बहुदल आयो | ठुला ठुला बिचार बोकेका नेताहरुले ठुला ठुला कुरा गरे | कसैले नेपाललाई सिंगापुर बनाइदिने कुरा गरे | कसैले स्विजरर्लैंड बनाइदिने कुरा गरे | काठमान्डु खानेपानीको त के कुरा सडक पखाली दिने कुरा गरे| बिजुलीले झलमली गराउने कुरा गरे | आज २५ बर्ष हुदा पनि काठमान्डू बासीले खानेपानी खान पाएनन् | संसदमा यसको बारेमा कहिल्यै चर्चा गरियन, २५ बर्ष सम्म खरबौ रुपियाको बजेट खाए देश काकाकुल बनेको छ | न पानि छ न बिजुली छ | ठुला नेताहरु मन्त्रीको लागि लडी राखेका छन्, सत्ताको भागबण्डा मिलाउन आन्दोलित छन् | जहाबाट बिकासका कुरा छिनो फानो लाग्नु पर्ने थियो | त्यो ठाउमा जनताको सरोकारको कुराको चर्चा गरिएन, जनताको समस्या समाधान गर्न कुर्ची भाचिएन | बरु प्रत्येक सांसदलाई दश करोड रकम बाढंन संसद बन्द गर्ने काम गरियो | अनि जनतालाई कांग्रेस काम गर्न दिएन , कम्युनिष्ट हरुले काम गर्न दिएन, फलानोले दिएन| हामीले गर्न खोजेका हौ , उनीहरुले भाजो हाले, यस्तै कुरा गरेर आम नेपालीहरुलाई ठगीराखेका छन् | हामी नेपालीहरु पनि त्यस्तै छौ, हाम्रा प्रतिनिधि त त्यस्तै हुन पर्यो ! हामी र हाम्रो समुदाय बीच आलोचना र फुट हुदा पछी पर्ने कारण पनि सानो मन अर्थात् सानो दिल दिमाग भएका कारणले गर्दा नै हो कि ?

पुण्डरी अर्याल
न्यु योर्क
०३/५/२०१५

Leave a Reply