पुण्डरी अर्याल
पुण्डरी अर्याल

प्रेमको खोजि !
प्रेम के हो ? मायाजाल हो |
माया के हो ? अभिव्यक्ति हो |
कहा छ प्रेम ? बर्माण्डमा व्याप्त छ |
किन प्रेम हुन्छ ? आकर्षणले हुन्छ |
कसरी हुन्छ ? नजरबाट हुन्छ |
कहिलेसम्म हुन्छ ? अनन्त सम्म हुन्छ |
के का लागि हुन्छ ? जीवनको लागि हुन्छ |
यसको रुप कस्तो छ ? सुन्दर हुन्छ |
यसको तौल कति हुन्छ ? जति सोच्न सक्नु हुन्छ |
लम्बाई चौडाई कति छ ? नाप्न सक्ने जति छ |
रंग कस्तो छ ? सप्तरंगी छ |
आकासमा हुन्छ कि ? हुन्छ |
पातालमा हुन्छ कि ? हुन्छ |
मान्छे हो कि ? हो |
चराहरु हुन् कि ? हो |
पशुहरु हुन् कि ? हो |
झरना हो कि ? हो |
संगीत हो कि ? हो |
गित झंकार हो कि ? हो |

के हुन् सक्छ प्रेमको परिभाषा ?
मातृपितृ प्रेम, | सन्तान प्रेम | बन्धुत्व प्रेम, बासल्य प्रेम, सखा प्रेम, कुटुम्ब प्रेम, देश प्रेम, सास्कृतिक प्रेम, भाषा प्रेम, मानव प्रतिको प्रेम, पशुप्रेम, सम्पूर्ण जगत र जीव प्रतिको प्रेम, इश्वर प्रतिको प्रेम वा पुरष र स्त्री बिचको प्रेम,
ब्याख्या अनन्त बिस्तारको भएपनी प्रेमको
चर्चा विपरीत लिंगी बीचको हुदोरैछ प्रेमको
लैला मजनुको प्रेम
रोमियो-जुलियटको प्रेम
मुना-मदनको प्रेम
हीर-राँझाको प्रेम ,
नल-दमयन्तीको प्रेम ,
सावित्री-सत्यवानको प्रेम ,
राधा र कृष्णको प्रेम

आखिर के हो त प्रेम ?
जति पिउदै गरे पनि नरित्तिने मायाको सागर हो प्रेम
आकर्षण सरस एक शुखानिभुत मायाको राज हो प्रेम
आशा भरोशा अनि न्यानो स्नेह माया को आड हो प्रेम
निरन्तर बगिरहने खोला जस्तै मायाको गति हो प्रेम
सुखद क्षणको अनुभूतिमा रमने मायाको शैली हो प्रेम
यो त जीवन जिउने अचम्म मायाको रसायन हो प्रेम

Leave a Reply