गजल –
लेखेन मेरो नसीबमा तिम्रो भएर बाँच्न,
लेखेछ घाटको न घरको भएर बाँच्न ।
देखेर तिमीलाई अनायासै मन पराए
चुपचाप मनले ठाने तिम्रो भएर बाँच्न ।
आँखाभरि सपना सजाएँ म तिम्रो नामका,
तर समयले बाध्य गर्यो टाढा भएर बाँच्न ।
मायाको बाटो हिँड्दा काँडै काँडा भेटिए,
सिकायो जिन्दगीले आँसु भएर बाँच्न ।
तिमी बिना यो शहर सुनसान लागिरह्यो,
मनले अझै खोजिरह्यो तिम्रो भएर बाँच्न ।
भाग्यले लेखेछ अधुरो कथा जीवनमा,
न तिम्रो न कसैको साथको भएर बाँच्न ।
स्मृतिका ती दिनहरू अझै मनमा जल्छन्,
बाध्य छु आज पुराना घाउ बोकेर बाँच्न ।
कहिल्यै नभुल्ने त्यो पहिलो नजरको पल,
विवस छु त्ती सम्झनामा मौन भएर बाँच्न ।
03/11/2026
