५. बिशुद्धी (विशुद्ध) चक्र — परिचय
बिशुद्धी चक्र (Vishuddha Chakra) शरीरको पाँचौं ऊर्जा केन्द्र हो।
यो घाँटी (कण्ठ) भागमा अवस्थित हुन्छ र “शुद्धता” तथा “अभिव्यक्ति” को केन्द्र मानिन्छ।
- संस्कृत अर्थ: “विशुद्ध” = पूर्ण रूपमा शुद्ध
- ऋषि तत्व: बिचार, पंचतत्व :-आकाश (Space / Ether)
- रंग: आकाशे निलो, अबस्था :- अभिब्यक्त गर्नु,
- इंद्रिय : वाणी /शब्द , अतिन्द्रिय :प्रज्ञा inteligence
- सम्बन्धित अंग: घाँटी, स्वरयन्त्र, थाइराइड, मुख, कान
- बीजमंत्र:-हं, स्वर :-प , ग्रन्थि : थाइराइड, क्रिया : वाणी/ ब्यक्तित्व, कमल पत्र :१६ , सरीर निर्माण : छाला
- पंच पांडव : युधिष्ठिर, स्वाद :- तितो
- आसान : मत्स्यासन, भुजंगासन, सर्वाङ्गासन, हलासन
- प्राणायाम : भ्रामरी, हम
बिशुद्धी चक्र सन्तुलित हुँदा हुने फाइदा
जब यो चक्र खुला र सन्तुलित हुन्छ, व्यक्ति: १. स्पष्ट र सत्य बोल्न सक्छ आफ्नो भावना निर्धक्क व्यक्त गर्न सक्छ, झुट, डर वा दबाब बिना बोल्न सक्छ
२. राम्रो सञ्चार क्षमता राम्रो वक्ता, शिक्षक, गायक वा लेखक बन्ने सम्भावना, अरूको कुरा ध्यान दिएर सुन्ने क्षमता
३. आत्मविश्वास बढ्छ आफ्नो आवाजको मूल्य बुझ्छ, निर्णय स्पष्ट हुन्छ
४. सृजनात्मकता जागृत हुन्छ कविता, संगीत, लेखन, कला आदिमा रुचि बढ्छ
५. मानसिक शुद्धता मन हल्का र खुला हुन्छ, सत्य बोल्दा भित्र शान्ति महसुस हुन्छ
बिशुद्धी चक्र असन्तुलित / बन्द हुँदा बेफाइदा
१. बोल्न डर लाग्नु वा दबिनु * आफ्ना भावना लुकाउने * “के भन्ने?” भनेर डर लाग्ने
२. धेरै बोल्ने वा कठोर बोल्ने झर्को, गाली, आलोचना बढी, * अरूको कुरा नसुन्ने
३. आत्मविश्वासको कमी आफूलाई व्यक्त गर्न नसक्दा निराशा, * सामाजिक डर
४. सृजनात्मकता घट्छ नयाँ सोच आउँदैन, प्रेरणा कम हुन्छ
५. शारीरिक समस्या पनि हुन सक्छ घाँटी दुख्ने, आवाज बस्ने। थाइराइड समस्या, कान वा मुख सम्बन्धी समस्या
****छोटकरीमा
सन्तुलित बिशुद्धी = सत्य, स्पष्टता, आत्मविश्वास, राम्रो सम्बन्ध
असन्तुलित बिशुद्धी = डर, दबाब, भ्रम, सञ्चार समस्या
नोट : चक्र साधना गर्दा गुरुको निगरानीमा मात्र
गर्नु होला !!!
00000
