मणिपुर चक्र (Manipura Chakra) लाई नेपालीमा नाभि चक्र पनि भनिन्छ। यो शरीर, मन र आत्मबलसँग गहिरो रूपमा सम्बन्धित ऊर्जा केन्द्र हो।

🔆 मणिपुर चक्रको परिचय

  • स्थान:- नाभि (पेटको बीच भाग) * संस्कृत नाम:- मणिपुर.   अर्थ:- “रत्नहरूको शहर. ,  पाँच  तत्त्व:- 🔥 अग्नि (Fire),    रङ:- पहेंलो (Yellow) , ध्येय (केन्द्र ):-इच्छा शक्ति will power , अबस्था:- कार्य गर्नु ,    बीज मन्त्र:रं (RAM),  स्वर : – ग , इन्द्रिय:- दृष्टि,   ग्रन्थि (Gland):- प्यान्क्रियाज (Pancreas),  क्रिया :- पाचन ,   कमल पत्र :-१० , पाण्डव :- अर्जुन , स्वाद :- अमिलो , आसन – नौकासन, धनुरासन , भुजन्गासन र सुर्य नस्कार,   प्राणायाम :-कपालभाती, भास्त्रिका, अग्निसार ,  ध्यान :- नावी क्षेत्रमा पहेंलो प्रकाशको ध्यान वा  (आगॉको उज्यालोको कल्पना )


🔥 मणिपुर चक्रको कार्य

मणिपुर चक्र हाम्रो आत्मबल, इच्छाशक्ति र कर्मशक्तिको केन्द्र हो। यसले: आत्मविश्वास बढाउँछ,  निर्णय क्षमता र नेतृत्व गुण विकास गर्छ, पाचन शक्ति र मेटाबोलिज्म सन्तुलनमा राख्छ,   जीवनमा लक्ष्य प्राप्त गर्ने ऊर्जा दिन्छ.                                                                                              👉 यस चक्रलाई “व्यक्तित्वको इन्जिन” पनि भनिन्छ।


🔻 कमजोर (Blocked) भएमा:

१ .  आत्मविश्वासको कमी, डर,  २ .  हीनभावना, निर्णय नलिन सक्ने,  ३ . पाचन समस्या (ग्यास, एसिडिटी, कब्जियत)  ४ .  थकान, आलस्य,  ५ .  अरूको नियन्त्रणमा सजिलै पर्ने

🔺 अति सक्रिय भएमा:  १ . घमण्ड, क्रोध, आक्रामक स्वभाव   २ . अत्यधिक नियन्त्रण गर्ने बानी,  ३ . धैर्यताको कमी,   ४ . उच्च रक्तचाप, अल्सर


🌿 मणिपुर चक्र सन्तुलन गर्ने उपाय

🧘‍♂️ योग आसन:

  • नौकासन

  • धनुरासन

  • भुजङ्गासन

  • सूर्य नमस्कार

🌬️ प्राणायाम:

  • कपालभाति

  • भस्त्रिका

  • अग्निसार क्रिया

🔔 मन्त्र साधना:

  • “ॐ रं नमः”

  • दिनमा 108 पटक जप

🧠 ध्यान (Meditation):

  • नाभिमा पहेंलो प्रकाशको ध्यान

  • आगोको उज्यालो बलिरहेको कल्पना

🥗 आहार:

  • पहेंलो खाना: बेसार, कागती, मकै, केरा

  • न्यानो र हल्का पच्ने खाना

  • अत्यधिक तेल, चिनी र मदिरा त्याग