६. आज्ञा चक्र
आज्ञा चक्र कुंडलिनी चक्र मधेको छैठो चक्र हो | यसलाई तेस्रो आँखा (third eye ) पनि भनिन्छ | यो चक्र दुबई आँखाकों बीच भनौ आँखी भौ बीच ( भ्रू मध्य) अबस्थित हुन्छ | आज्ञा चक्रको स्थान pituitary gland मा हुन्छ |
- आज्ञा चक्र ध्येय (ऋषि ) संकल्प/ ध्यान हो | * यो चक्रको रंग प्याजी हो | * यो पाँच तत्वमा बाधिएको हुदैन | यसको आबस्था संकल्प गर्नु हो | यो चक्र पाँच इंद्रियमा नपर्ने भएर यस चक्रलाई छैठौ इंद्रिय भनिएको हो | यसको मंत्र अऊं हो | यसको स्वर भने “ध “ हो | ग्रंथी पिटुटरी कर्म गर्दछ |कमाल पत्र २ पत्र/ ९६ पत्र पनि भनिएको छ | यो चकरले सरीर निर्माणको कार्य गर्दैन | यो चक्र पाँच पांडव भन्दा माथि श्रीकृष्णलाई मानिन्छ | आज्ञा चक्र माथि ब्रह्म हुन्छन | यसको स्वाद टर्रो हुन्छ | यो चक्रको प्रिय आसन शशांक आसन हो |
- संस्कृतमा “आज्ञा” को अर्थ — आदेश, ज्ञान, अन्तर्ज्ञान (intuition) हो ।
यसले बुद्धि, चेतना, विवेक, ध्यान र आध्यात्मिक दृष्टि नियन्त्रण गर्छ ।
आज्ञा चक्र सन्तुलित भए के हुन्छ ?
तीव्र स्मरण शक्ति , स्पष्ट सोच र निर्णय क्षमता, गहिरो एकाग्रता, अन्तर्ज्ञान (भित्री आवाज सुन्न सक्ने क्षमता) , आध्यात्मिक जागरण, भ्रम र डर कम हुन्छ, सपनाहरू स्पष्ट र अर्थपूर्ण हुन्छन्
असन्तुलित भए के समस्या आउन सक्छ ?
निर्णय गर्न कठिन, धेरै भ्रम, डर, शंका, टाउको दुखाइ / माइग्रेन, अनिद्रा, नकारात्मक सोच, ध्यान केन्द्रित गर्न नसक्ने, वास्तविकता र कल्पना छुट्याउन गाह्रो
आज्ञा चक्र कसरी सक्रिय बनाउने ?
सूर्य नमस्कार आसन, शशांक आसान, | सबै किसिमको प्राणायाम, त्राटक साधना, ध्यान, ॐ मंत्रकों जाप,
जीवनशैली : सत्य बोलने, सात्विक भोजन, नकारात्मक् नसोचने, नहेर्ने, प्रयाप्त निद्रा, ध्यानपूर्ण जीवन,
जागृत भएको भएको लक्षण
भूमध्यमा दवाव कंपन, प्रकाश देखिनु, गहीरो शांती, भविष्य प्रति स्पष्टता, अंतर्ज्ञान बढ़नु , आध्यामिक अनुभव प्राप्त गर्नु |
- यो चक्र साधना गर्दा गुरुको निर्देशन र गुरुऊर्जा प्रक्षेपण साधाना गरेमा लक्ष प्राप्त गर्न सकिन्छ |
