डालस एभरेष्ट लायन्स क्लब, व्दारा शुभकामना आदान प्रदान तथा कवि गोष्टि कार्यक्रम सम्पन्न
१०/२०/२०१९
डालस एभरेष्ट लाइन्स क्लबले प्रत्येक बर्ष दशैँ तिहारको उपलक्ष्य पारेर शुभकामना आदान प्रदान कार्यक्रम सहित कबि गोष्ठीको कार्यक्रम नेपाली मन्दिर डालसमा राखिएको थियो । सो कार्यक्रममा लायन्स क्लबका अध्यक्ष सुरेश बस्यालले अध्यक्षता भएको थियो । लायन्स क्लबका मेम्बरले स्वागत भाषण गर्नु भएको थियो । बिलाश उपाध्याय, गोपाल प्रसाद भण्डारी, अशोक शर्मा, बासुदेव भण्डारी, राजेन्द्र वाग्ले, डा. वालचन्द्र मिश्र, वासुपुष्प अधिकारी, चम्पा पाण्डे, पवन लामिछाने, सुमन कार्की, भगवती पौडेल कबिहरुले प्रतियोगीको रुपमा आफ्ना रचना बाचन गर्नु भएको थियो अप्रतियोगी रुपमा कविता बाचन गर्ने निर्णायक सदस्य पुण्डरी अर्याल, बासुदेव भण्डारी, कवि राधाकृष्ण काफ्ले, शिब काफ्ले, र प्रभात दीक्षितले ह्युस्टन निबासी बिट्टु केशी र निर्णायक बैकुण्ठ आचार्यको कबिता बाचन गरिदिनु भएको थियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा प्रतियोगी कवि मध्ये छानिएका कबिता उत्कृष्ट हुने कविहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम डा. वाल चन्द्र मिश्र, व्दितीय पवन लामिछाने र तृतीय गोपाल प्रसाद भण्डारीजीलाइ प्रदान गरिएको थियो । गोष्टीलाई समापन गर्दै लायन्स क्लबका अध्यक्षले यो कार्यक्रम सम्पन्न गर्ने सहयोग गर्ने सम्पूर्ण लायन्स क्लबका सदस्यहरुलाई र साथै सहभागीहरुलाई समेत धन्यबाद दिएर कार्यक्रम समापन गर्नु भएको थियो ।

http://pundaryaryal.com/wp-admin/media-upload.php?post_id=3941&type=image&TB_iframe=1

Leave a Reply