पुण्डरी अर्याल
पुण्डरी अर्याल

याद तिम्रो आउछ
सम्झनाका तरेलीहरुमा
बितेका पलहरु,
आउछन सम्झनाहरुमा
भुल्नै सकिन मैले
स्वर्णिम प्रेमिल पलहरु
आउछन मेरा निदहरुमा

प्रेम प्यास मेटिएन
अनायास बिछोड भैदिदा !
अब त् भेटने आश मरिसकेछ
सम्झना मात्रै त् छ जिबन्त
याद तिम्रो आउछ
सजाइ दिन्छु फूलहरु
सम्झनाका तरेलीहरुमा
आशु भिजाई परेलीहरुमा

भुल्ने सकिन मैले तिमीलाई
जो मेरो प्राण थ्यो |
अनायास बिछोड भैदिदा !
थामिएको थिएन मेरो मुटु
समयले मन्थर पारे पनि
मुटुभित्र सजिएकी छौ तिमी

कहिले काही
तिम्रो समिपको आभासले
मन फुरुंग भै फुल्दो रैछ !
अनि
याद तिम्रो आउछ
सजाइ दिन्छु फूलहरु
सम्झनाका तरेलीहरुमा
आशु भिजाई परेलीहरुमा

(अमुर्त प्रेमीको सम्झनामा)

०७/१८/२०१६

Leave a Reply