Capture
न त आफनै कथा बेदना सुनाउन सक्छु !
न त झरिरहेका यी आशु देखाउन सक्छु !

अपहेलाना भएको भनु कसरि तिमीलाई
न तआफ्नैबाट हेपिएको कुरा भन्न सक्छु !

सकेको छैन बाध्यताका पर्खाल भत्काउन
न त देखाई डाको छोडीछोडी रुन सक्छु !

न त गिर्न नै सकिरहेछु दुनियाको नजरमा
न त प्रतिष्ठालाइ बजारमा ल्याउन सक्छु !

सकेको छैन मेरो फाटेको मन सिलाउन
न त अमृत भनि मैले बिष पिउन सक्छु !

न त आफनै कथा बेदना सुनाउन सक्छु !
न त झरिरहेका यी आशु देखाउन सक्छु !

०७/१३/२०१६

Leave a Reply