खैरेनी बजार ऐले त ठुलो भएको छ । त्यतिखेर भने एक दोटा लाहुरेलाई ख्याउने थकालीका भट्टी थिए । उघो र उधो बाट लाउरे आउने जाने हुँदा दशै को बेला बाटा मा चहल पहल भैरहन्थ्यो । छोरा छोरीको कपडा फाटेर धुजा धुजा भैसकेका थिए । बा लकौवा भएर पल्टे पछी हाम्ले बा बाट पाउने माया हेरचाह सबै  तुहिएर गएको थियो । आमा निरिह हुनु हुन्छ । दाइलाई एक्कासि परेको ब्यबहार त्यसमाथि हामि दिदि बहिनि माइतीमा शरण लिन आउन  परेकोले परिस्थितिले गर्दा पनि होला । दाइ हामीलाई हेरेर खुशी हुन् सक्नु भा को छैन । तर गाउभरि दशैको चहल पहल शुरु भैसकेको थियो । गाउमा वालिघरे लुगा स्याउने दमाइ दाइ आइ सकेका थिए । एक एक घर गर्दै सबैको घरको लुगा सिलाउन चटारो थियो, ति दमाइ दाइलाई । 

छोरोले मामालाइ भनेछ, मामा हाम्रो दशैँ कहिले आउछ ? सबैले लुगा सिलाइ सके ? दाइले केहि बोल्नु भएनछ । अनि मलाइ लिएर खैरेनी जानु भयो । भान्जालाइ कमिज सुरुवाल र  भान्जीलाई जामाका लागि कैरेनीका नेवार साउ को कपडा पसलमा किन्यौ । ति साहुले दाइलाइ भन्नु भयो । यी तिम्री बैनी त जिम्माल कान्छाले बिहे गरेका हैनन र ? दाइले जवाफ दिदै भन्नु भयो । हो ! साउले फेरी कुरा अगाडी बढाए । हैन जिम्माल कान्छा त मधेसतिरै बस्न थालेछन । हिज जिम्मालका तिन भाइ यहाँ पसेर गएका थिए । हाम्रो कान्छो भाइ मधेस नै बस्छु भन्यो । उसलाई नौकट्टीमा जग्गा किनी दिएर फर्केका हौ । भन्दै थिए । हो र ?  अर्को बिहे गरे क्याहो कान्छा जिम्माल्ले  ? शाहुका कुराले मेरो जिउ सिरिङ्ग भयो । 

अझ अर्को बिहे गरेर बसेको भन्दा त मैले सहनै सकिन । दाइले केहि जवाफ दिनु भएन । किनकान सकेर घर फर्कियौ ।  ज्वाईको बेखबरले बा दाइ आमा म सबै बिखलमन्द परेका छौ । यी कपडा व्यापारीले साच्चै यस्तो कुरा किन भने ?  बाटाभरि मनमा अनेकौ कुरा खेले । कुरा साचो हो भने त वहाँ जिउदो हुनु हुदो रहेछ । त्यो त मेरो लागि खुशीकै कुरा हो । मलाइ पुरै बिश्वास छ । अर्को बिहे त वहांले कुनै हालतमा गरेको होइन होला ? जे होस् अब के रहेछ । दाइ जिम्माल भिनाजु कहाँ गएर सबै कुरा बुझेर आउनु हुनेछ भनेर मनलाइ  शान्त पारे ।  बा आमालाई कपडा पसलेले ज्वाइको कुरा गरेको कुरा सुनाए । आमाले भन्दै हुनु हुन्थ्यो । ज्वाइले केहि ब्यबस्था गरेर लिन आउनु हुन्छ भन्ने मलाइ पूर्ण

बिश्वास थियो । हे परमेश्वर, छिट्टै मेरी छोरी जुना र यी नाति नातिनाको ज्वाइसित भेट गराई देउ ? भन्दै माथि तिर हेर्नु भयो । माथि तिर इश्वर बस्नु भाको छ र ?  कतै तथास्तु भन्दिनु होला इश्वरले ।  हास्दै आमालाई भने । आमा त गम्भीर हुदै भन्नु हुन्छ । इश्वर हामि सबै भन्दा माथि हुनुहुन्छ । हामीले वहाँलाइ माथि हेरेर प्रार्थना गर्न पर्छ , भन्नु भयो । 

बिहान उठेर दाइले भन्नु भयो । म जुनाको घत तिर जान्छु । जिम्माल भिनाजुलाइ भेटछु । ज्वाइको बारेमा के कुरो रहेछ । ति व्यापारीले भनेका कुरामा कति सत्यता रहेछ । सच्चाई उसले ति कुरा सुनेको हो भने ज्वाई नौकट्टिमा नै बसेको हुनु पर्छ । रह्यो जग्गाको कुरो, यी फटाहाले ज्वाइलाइ के जग्गा किनी दिन्थे होला र ? पाए आफैले खान्थे ! भन्दै गाउबाट तल झर्नु भयो । 

क्रमश :