नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा सम्पूर्ण मेरा मित्र तथा आफन्तहरुमा ” स्वस्थ र खुशी जीवनको” हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु।
नयाँ वर्षले देशको उन्नति समुत्थान ल्याओस
झुपडीमा बस्ने भुइँ मान्छेमा मुस्कान ल्याओस
नेताहरुको नौटंकी बन्द भै सदबुध्दि पलाओस
जनताका दुखमा साथ दिने सुशासन ल्याओस
मजदुरी गर्न अर्काको देशमा भौतारिन नपरोस
किसानका खलियानामा खाद्यान्न धान ल्याओस
आफ्नै देशको माटोमा बाच्ने अबस्था ल्याओस
खोलेर कल कारखाना ज्ञान विज्ञान ल्याओस
हिमाली पहाडी मधेसीमा सद्भाव बढ्दै जाओस
मिलेर भेदभाव मेटाई सबैमा मुस्कान ल्याओस
नहोस देशमा चेलीहरुको बलात्कार यो बर्षमा
न्याय माग्न जुलुस गर्न नपर्ने उनमा ज्ञान ल्याओस
नयाँ बर्ष यो २० ७८ ले दुष्ट कोरोना भगाओस
नयाँ बर्षले देश जनताको मान सम्मान ल्याओस
०४/१३/२०२१

Leave a Reply