बुध्द नेपालमा जन्मेका हुन भन्ने ब्यानरमा बिश्वमै लामो अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाउन सफल एक टेलिभिजन प्रस्तोता रवि लामिछाने हुन्। अमेरिका बस्दै आएका रवि लामो समयसम्म बसेर नेपाल मै गएर आफ्नो इच्छित काम शुरु गरे । पहिलो पटक सिधाकुरा प्रधान मन्त्रीसंग कार्यक्रम चलाए। सत्ता परिवर्तन संगै उनि सो कर्याक्रमबाट हटाइए। तत्पश्चात न्युज २४ टिभी बाट सिधाकुरा जनतासंग कार्यक्रम संचालन गरेर नेपाली जनताका दुखको साथि बन्न सफल भएका थिए । नेपाली जनताले अत्यधिक मन पराउने तर पुलिश प्रशासन र सरकारको तारो बनाइएका रवि लामिछानेलाइ मार्ने धम्कि देखि जेलमा सडाउने सम्मका चलखेल गरे। अन्तत: नेपाली जनताको समर्थन र भिड देखि तर्सिएर उनलाई छोडन सरकार बाध्य भयो । प्रधानमन्त्रि केपी ओलीसंग अन्तर्वार्ता लिन पटक पटक कोशिश गर्दा पनी प्रम उपस्थित भएनन् । तर भारतका पत्रकार ल्याएर अन्तवार्ता दिए पछि रविले उनको ओली सरकारका कमि कमजोरीलाइ सदा मिडियाले प्रधान मन्त्रि सच्चिन्को लागी सल्लाह दीइ रह्यो। सरकारको दवावले न्युज २४ ले उनलाई सिधा कुरा जनता संग कार्यक्रम गर्दा गर्दै निष्कासन गर्यो । न्युज २४लाइ उनले धन्यबाद दिदै गर्दा अप्रत्यासित निकालेको मा असन्तुष्टि पनि जाहेर गरे । तर पनि सिधा कुरा जनतासंगको कार्यक्रमलाई उनले दावी गरेनन । यो उनको महान् काम थियो । जे होस् रवि लामिछने धेरै नेपालीको साथ सुभेच्छा पाएका हुनाले उनि फेरी नयाँ मिडियाको उदघाटन गर्दै भब्यता साथ् उत्कृष्ट कार्यक्रम ल्याएर नेपाली जनताको सामु उभिएका छन् । रवि तिमीलाई नेपाली गरिब जनताको आवाज निभ्न नदिनु । तपाइको सफलता कामना गर्दछु ।
नयाँ टिभी Galaxy 4k TV ko उद्घाटन भएको छ । रवि लामिछाने को टीम रहेको उक्त टेलिभिजनमा रवि लामिछाने “मेनेजिङ डाइरेक्टर” भएर पनि काम गर्ने छन् । ग्यालेक्सी टिभीले सार्वजनिक गरेको उक्त कार्यक्रमहरू यस प्रकार छन् ।
१. रामायण (नेपाली भाषामा)
२. को बन्छ करोडपति With Rajesh Hamal
३. क्राइम पेट्रोल नेपाल With Deepak Raj Giri
४. Sa Re Ga Ma Pa Lil Champs (Judges: Nhyoo Bajracharya, Indira Joshi, Kali Prasad Baskota)
५. लाल मोहर With Ramesh Prasai
६. आविष्कार With Mahabir Pun
७. Forever with Nabaraj Parajuli
८. सिधा कुरा … WITH rabi Lamichhane
९. The Leader with Rabi Lamichhane
१०. कामका कुरा With Rabi Lamichhane
११. सम्बन्ध With Bijay Kumar Pandey
१२. Galaxy 4k 24/7 News
अझै धेरै कार्यक्रमहरू बिस्तारै सार्वजनिक गर्ने कुरा रवि लामिछानेले भनेका छन् ।