अध्यात्मको बाटोमा १२ क्रमश :

FacebookTwitterGoogle+Share

अध्यात्मको बाटोमा १२

एउटा लेख लेखु भनेको त पटक्कै बिषय बस्तु जुरेन अर्थात मेरो मानस पटलमा खालि भएछ, सुन्य भएछ | केहि पनि मश्तिश्कमा संग्रह नहुनु पनि एक किसिमको आनन्द आउदो रहेछ | न त कुनै पिर छ, नत कुनै माद र उन्माद छ, न खुशी न बिस्मात मन शान्त थिग्रिएको पोखरीको पानि जस्तो भएछ | नलेखेको धेरै दिन भयो | खै के भएर हो कुन्नि ! आज भने मलाइ सानो मट्यान्ग्राले पोखरीको पानीलाई तरंग्याए जस्तै अलिकति मनका छाल उम्रिएको भएर होला | आज कम्युटरको किबोर्डमा मन नलागिकन हातका औला चलाइरहेको छु | सायद अचाल छरप्रष्ट सामाजिक संजालमा राम्रा नराम्रा चाहिने नचाहिने सबैले आफ्ना बुद्दी र क्षमताले भ्याय सम्म लेखेकै छन् | यहि कारणले हो कि लेख्न मन नलागेको हो ! कहिले काही बिषय बस्तु बाहेकै अक्षरलाई बग्न दिए कस्तो हुदो रहेछ ! सुन्य मश्तिश्मा सकभर नकारात्मक कुरा छिर्न नदिएको राम्रै हुने छ | समाजकै बारेमा लेखि रहदापनि अनगिन्ती चित्त नबुझेका कुरा हुने गर्दछन | केहि लेखि हाल्न मन लाग्ने हुन्छ | हाम्रो नेपालको राजनीतिका कुराको कुरै छोडौ | त्यहा जतिको बेतिथी र भद्रगोल त संसारमै कतै छैन होला | त्यो भद्रगोलको रफ्फुचक्करमा अमेरिका आइपुगेका हामि सबै नेपालीलाई यसरी जकडेको छ कि मुक्त हुने कुनै गुन्जायस छैन | हामि मान्छेका जातहरु मध्यस्त भएरै बस्न सक्दैनौ | एउटासगै नटासिइकन जीवित हुने सक्दैनौ | चाहे त्यो आफुलाई बढेमानको ठान्ने बिध्दान, डाक्टर, वकिल, इन्जिनियर, नेता वा सर्ब साधारण नै किन नहोस प्यारासाइड भएरै जीवन यापन गरिरहेकै छौ | देश दुनियालाइ साक्षीभावले हेर्न सक्नु भन्नु नै स्वतन्त्र हुनु हो | कुनै बस्तु र चिज वा बिचारको बन्धनमा नपरेको र धेरै कुराहरु मश्तिश्कबाट डिलिट भएर गएको पनि त राम्रै हो अब भरिने खुराक सकारात्मक र मनोबांछित भयो भने पनि जिबन धन्य हुने थियो | मानव स्वभाव लोभीपापी हुनुलाइ पनि स्वभाभिक मानिरहेकी छौ | पैसा कमाएकाको अगाडी जतिसुकै बिध्दान भए पनि मुन्टो घुसारेको जिबन चलाएको देखिएका छन् | पैसाको लागि आफ्नै इमान धर्म त्यागेर लागिपरेका पनि त देखिएकै छ | जे सुकै भए पनी मैले आफुलाई बर्तमानमा नबाचेर ब्रमाण्डमा स्वतन्त्र भएर बाच्न पाउछु कि भन्ने कुरा लाग्न थालेको छ | हामीमा संकलन भएको व्देष, रिग राग, उन्माद, दासत्व, नकारात्मक कारणहरुलाई नष्ट गर्न सकेमा युनिभर्सल जिन्दगि बिताउन पाइन्छ | जो नितान्त स्वतन्त्र छ | कसैको दास छैन, लोभ पनि छैन र पाप पनि छैन | जसमा सअस्तित्वभाव छ, जुन प्राकृतिक छ, यसमा कुनै व्दिबिधा पटकै छैन | जहा आडम्बर र म को कुरा हुन्छ त्यहा व्देष असमान, आडम्बर, घमण्डले हामीलाई वशमा गरि समाजमा नाटकीय रुपमा अरुमाथि हावी भैरहेका देखिन्छौ | तर त्यहा मानिस हावी भैरहेको हुदैन त्यहा उसको दुष्कर्म स्वयंमा हावी भैरहेको हुन्छ | यहि कुरा हामीले बुझन सकेका पनि हुदैनौ र बुझ्न पनि चाहदैनौ | यो दुनियामा नदेखेका धेरै कुराहरु सत्य छन् | र कहिले काही देखेकै कुरा पनि असत्य हुन्छन | हिजोको दिनमा पृथ्वी गोलो छ भन्ने कुरा असत्य मान्थे तर त्यो सत्य थियो र आज पनि छ | ज्ञानी मान्छेले पहिले थाहा पाउछन | हाम्रा शास्त्रहरुमा यो शौर्यमंडलमा थुप्रै ब्राह्मांड छन् भनेका रहेछन आजको विज्ञानले पुष्टि गरिसकेको छ | परमेश्वरले यो दुनियाको आविष्कार अर्थात श्रीष्टि गरे | सबै प्राणीको लागि नियम बनाए तर मानिसलाई नियम र अनुशासन भित्र पारेनन | आफु र मानव समाज बिकास र बिनास गर्न सक्ने बुद्दी र क्षमता प्रदान गरे | मानिस स्वयं आफुले चाहे जस्तो स्वयं, परिवारघर, समाज, देश बनाउन सक्ने बुद्दी पनि दिए र ठिक बिपरित उल्टो कार्य गर्न सक्ने पनि क्षमता पनि प्रदान गरे | यहि आफुले पाएको क्षमतालाइ सदुपयोग गरे मानवको कल्याण हुन्छ भने दुरुपयोप गरेमा मानव विनासको तर्फ धकलिंछ | यस धरतीमा धेरै मान्छे लाखौ करोडौ अरबौ आए होलान | कोइ पनि दिगो र अस्तित्वमा रहन सकेन | मात्र औलामा गन्न सकिने मान्छेहरु इश्वरीय रुपमा पुजित भएका छन् | अर्बौको भिडमा आफुलाई महान सम्झने र शक्तिशाली सम्झनेहरु करोडौ मान्छेहरु समयसंगै धुलोमा बिलिन भएर गएका छन् | एउटा स्वप्नमा रमाए जस्तै हो | उ जब जाग्छ | उसलाई थाहा पाउछ कि यो त सपना रहेछ | मान्छे यस दुस्चाक्रबाट माथि उठन एक त सक्दै सक्दैन सके पनि उ सपनामा रमाउन चाहन्छ | सपनाबाट जाग्न पनि चाहन्न | मान्छेको सपना नै त दुखको कारण पनि त हो | जानेरै पनि जाग्न चाहदैन | मान्छेका सपनाहरुको अफिमको नशा भन्दा पनि कडा हुन्छ | नशा लागि रहन्छ एक मुठ्ठी सास रहे सम्म |
अस्तु !
१०/२७/२०१६


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273