DSC_8056-1024x678
नेपालमा निरन्तर रुपमा गइरहेको भूकम्पबाट हजारौ नेपाली जनताको ज्यान गएको छ | लाखौ नेपालीहरु घरबार बिहिन भइसकेको अवस्था छ | अमेरिकाको न्युयोर्कमा, न्युयोर्क बासी नेपालीहरुको अधिकार, एन आर एन र अन्य नेपाली सामाजीक संस्थाको अग्रसरको न्युयोर्क ज्याक्सन हाइट्समा नेपाल र नेपालीको लागि प्राथना (Pray For Nepal) को स्लोगन सहित सम्पूर्ण मृतकहरुको आत्मको शान्तिको लागि मैबत्ति जलाइयो |

DSC_8076-1024x678
सो कार्यक्रमको कभरेज अमेरिकाको विभिन्न टि भी च्यानलले गरेको थियो | विदेशमा बसे पनि नेपाललाइ औधी माया गर्छन यहाका नेपालीहरुले, यस कार्यक्रममा वरपरका नेपाली र अन्य देशका मानिसहरुको बाक्लो उपस्थिति देखिन्थ्यो | एक हजार भन्दा बढी नेपालीहरुले यस समारोहमा उपस्थित भएर आफ्नो देश प्रतिको माया देखाएका छन् | धेरै जसोले त आफ्नो आफन्त पनि गुमाएका र धेरै नेपालीहरु शोकमा डुबेका छन् | सबैको आखाँमा आशु देखिएको उक्त समारोहको माहोल उराठ लाग्दो देखिएको थियो |

DSC_8071-678x1024 (1)
देशलाइ धेरै माया गर्ने नेपालीहरु सबैले आफुले सकेको सहयोग गर्न तयार भइ उक्त समारोहमा सबैले डोनेसन दिएका छन् | विभन्न देशबाट गएको सहयोगको नेपाली सरकारले दुरुपयोग नगरी पिडित परिवारको लागि सहयोग गरियोस भनेर सबै नेपालीहरुले आग्रह गरेका छन् | दुरूपयोग हुन्छ कि भनेर यस्तो आशंका समेत गरेका छन् विदेशमा बस्ने नेपालीहरुले | सबै प्रवासी नेपालीबाट भरपर्दो संस्था वा स्रोत मार्फतबाट मात्र सहयोग पठाउनु होला | आफुले सक्दो सहयोग गरि सम्पूर्ण प्रवासी नेपालीहरुले सहयोग गर्न समेत अपिल गरिएको छ |

DSC_8071-678x1024

DSC_8078-1024x678

Leave a Reply