अनाहत चक्र भनेको मानव सरीरकों चौथो ऊर्जा केंद्र हो | अनाहत संस्कृत शब्द हो । अनाहत भनेको आघात बिना उत्पन्न हुने ध्वनी हो जसलाई cosmic sound पनि भनिन्छ | अनाहत चक्रलाई प्रेम, करुणा, आत्मा र हृदयको शक्ति केन्द्र मानिन्छ।
अनाहत चक्रको स्थान
छातीको बीच भागमा (हृदयको क्षेत्रमा) मेरुदंड संग नजिक अर्थात फोक्सो, हृदय, थाइमस ग्रन्थिले यसलाई नियंत्रण गरीराखेको हुन्छ भनेर मानीएको छ |
अनाहत चक्रमा यी तत्वहरु रहेको भनेर बिश्वाश गरिन्छ |
यो चक्रमा १२ पत्रवाला कमल रहेको बिसहास गरिन्छ जसको रंग हरियो हुन्छ | यो चक्र पाँच तत्व मध्ये वायुलाई प्रतिनिधित्व गर्दछ | कर्म इंद्रियमा यो चक्र स्पर्शसंग सम्बंधित छ | यो चक्रकों क्रिया स्वास प्रस्वास र रक्त शुध्द गरी संचार गर्ने रहेको छ | सरीर निर्माणमा रगत हो | चक्र सक्रिय हुँदा स्वाद गुलियो प्राप्त हुने हुन्छ |यो चक्रले थाइमस ग्रन्थिलाई परिचालित गर्दछ | यसको बीज मंत्र यं हो | यसको ७ स्वर मध्ये म हो | यो चक्रको ऋषि तत्व भावना emotion हो, यसको आबस्था प्रेममय हो | |देवता भने शिवशक्ती ऊर्जा हो |
अनाहत चक्र संतुलन हुँदा :
भावनात्मक संतुलन गर्दै रिस घृणा जलनमा नियंत्रण गर्दै भावनात्मक बुद्दिले बिना स्वार्थ प्रेम, दया करुणा उत्पन्न गर्दछ | यो चक्र जागृत संतुलन भएका मानिसहरु प्रकृति र जगतप्रती प्रेमी भाव, बिश्वासी, सवै मानव तथा प्राणीप्रति दयावान, र करुणा भावले भरीका हुन्छन | परिवारमा राम्रो संबंध, साथी भाई ईस्ट मित्रसंग राम्रो संबंध कायम गर्न सक्ने क्षमता हुन्छ |
अनाहत चक्र संतुलन नहुँदा अर्थात (block हुँदा) हुने समस्या :
कसैप्रति प्रेम भाव राख्न नसक्ने, दया माया नजागने, चिंता , डर, असुरक्षा, घृणा, ईर्ष्या, जलन, बदलाको भावना, आत्मबिश्वासको कमी हुन्छ | यस्ता मानिस मुटु तथा फॉक्सोको रोगी हुन्छन |
अनाहत चक्र अत्यधिक सक्रिय भएमा : -अत्यधिक भावुक, अरूलाई निर्भर गराउने , अरुको लागि ज्यान नै दिने, त्याग गर्न सक्ने,
अनाहत चक्र सक्रिय (Activate) गर्ने उपाय
ध्यान (Meditation) हरियो प्रकाश हृदयमा चम्किरहेको कल्पना गर्नु। सास लिँदा प्रेम ऊर्जा भित्र, सास छोड्दा नकारात्मक भावना बाहिर।
मन्त्र जप ॐ यम् नमः” लाई 108 पटक दैनिक
योगाआसन:
ध्यान गर्नु अगाडि यी सबै किसिमको प्राणायाम, मत्स्यासन, उष्ट्रासन, भुजंगाशन, धनुराशन गर्नु पर्दछ |
________________________________________
अभ्यास : क्षमा गर्ने अभ्यास, कृतज्ञता (Gratitude), दान, सेवा र करुणालाई आत्मसात गर्ने कला अभ्यास गर्ने
• अनाहत चक्र खुल्यो भने मानुष्यमा प्रेम भावना उत्पन्न हुन्छ | मनमा आत्मिक शांति प्राप्त हुन्छ | हृदय बलियो स्वस्थ्य हुन्छ | आकर्षण शक्ति बढनु साथै सहानुभूति शक्ति बढाई आध्यामिक जागरण हुन्छ | बिज्ञान अनुसार पनि हाम्रा प्रत्येक चक्रसंग मस्तिस्क तन्तुसंग जोडीको हुन्छ | त्यसैले हृदयमा heart brain cells हुन्छन | यसै बाट em विधुतीय तरंग निस्कन्छ | त्यसैले भावनाले DNA र शरीरलाई समेत प्रभाव पार्दछ | त्यसैले हृदयलाई योगमा आत्माको केंद्र मानीको हो |
• अनाहत चक्र मानव शरीरको प्रेम, आत्मा, करुणा र आध्यात्मिक उर्जा केन्द्र हो। यो खुल्दा मानिस साधारण मानवबाट उच्च चेतनशील आत्मा बन्छ।
02/04/2026