१. स्वाधिष्ठान चक्र के हो?
स्वाधिष्ठान शब्द “स्व” (आत्म) + “अधिष्ठान” (वासस्थान) बाट बनेको हो।
अर्थात्— आत्माको इच्छा, रस, सृजनात्मकता र जीवन–आनन्दको केन्द्र।
यो चक्र मूलाधारपछि दोस्रो चक्र हो र जीवनको प्रवाह, भावनात्मक सन्तुलन, यौन ऊर्जा र सिर्जनात्मक शक्तिसँग सम्बन्धित छ।यो चक्र नाभीभन्दा २–३ औंला तल र जननेन्द्रिय र मूत्राशयको क्षेत्र मा अबस्थित हुन्छ । यो चक्र सूक्ष्म रूपमा सुषुम्ना नाडी मा अवस्थित हुन्छ ।
यो चक्र ब्लक हुदा-
० डर, आत्माग्लानी, सिर्जनात्मक क्षमतामा कमि, भावनात्मक जडता, यौनइच्छामा कमी
सरिर आउने समस्या- प्रजजन प्रणाली, मुत्रासय, मिर्गौला, तल्लो पेट दुख्ने, हर्मोन असन्तुलन ।
० यो चक्र सन्तुलन हुँदा – प्रेम , करुणा, आकर्षण, सुख दुख स्विकार्ने क्षमता , स्वास्थ्य यौन इच्छा, दाम्पत्य जीवन सन्तुलन, कला संगीत नृत्य र कल्पना शक्तिमा बिकाश, जीवन प्रती आनन्द, संबेदंशिलता र स्वादको अनुभुती ।जल तत्व भएकाले यो चक्र भावनाको बगाइ, सम्बन्ध, यौनिकता र परिवर्तनशीलतासँग जोडिन्छ।
यो चक्र असंतुलन हुँदा (over active) — कामबासना मा लिप्त, दुर्बेसनमा लत , भावनामा अस्थिर, इर्श्या, आसक्ती
यसका तत्व गुण
० रंग – सुन्तला, केन्द्र – खुशी , पाँच तत्व- जल, कमलपत्र -६ , क्रिया- प्रजनन, अबस्था – महसुस गर्नु , बिज मन्त्र- वं , स्वर – रे , इन्द्रिय-स्वाद, सरिर निर्माण-बोसो / मांसपेशी, गुण- रस प्रवाह, आनन्द, आसन – बध्दकोणासनर मंदुकासन, प्राणायाम, बटरफ्लाई आसन – नाडी शोधन, भ्रामरी, गहिरो स्वास प्रस्वास, ध्यान- चक्रको क्षेत्रमा सुन्तला रंगको कल्पना गर्दै वं मन्त्रको १०८ साधना, र स्वर रे को साधाना,
