🙏 प्रार्थना–कविता 🙏

हे परब्रह्म परमात्मा,
हे ब्रह्माण्डका अधिपति,
तिम्रो अधिनस्थ दिव्य उर्जा
ममाथि अमृतसरि सदा बरसिरहोस्।

बरसिइरहेको त्यो प्रकाश–शक्ति
मेरो स्वास्थ्य, सुख, शान्ति,
सम्पन्नता र सहज मार्ग
सदैव कायम रहोस्।

यो ब्रह्माण्डबाट प्राप्त
उर्जा कृपा–कणप्रति
परमात्मा–परमेश्वरप्रति
गहिरो आभार प्रकट गर्दछु।

जसको काखमा जन्मिएँ,
जसको ममतामा बढेँ,
त्यो जन्मदाता मातापिताप्रति
साष्टांग प्रणाम।

परमेश्वरका अंश–सरह
मलाई धर्तीमा उतारिदिनुभएको
त्यो दिव्य कृपाका लागि
असीम धन्यवाद।

सन्तान भएर
कर्तव्य पूरा गर्न सकें कि सकिन—
मेरा कमी–कमजोरी
माफ गरिदिनुहोस्,
आशीर्वाद सधैं बरसिरहोस्।

जीवनभर
भलो सोचेर साथ दिने
सबै साथीभाइ–मित्रजनहरूमा
हृदयदेखि आभार।

जसले आलोचना गरे,
तल धकेल्न खोजे,
मार्ग रोक्न खोजे,
प्रतिस्पर्धा गरे—
तिनीहरू पनि धन्यवादका पात्र छन्;
किनकि उनीहरूले नै
मलाई लड्न सिकाए,
उठ्न सिकाए,
मेरा कमजोरी
एना जस्तै देखाए।

ब्रह्माण्डबाट प्रवाहित
यो प्राण–शक्ति, उर्जा,
राप–ताप, चेतनाको धाराले
यो संसार चलिराखेको छ ।
त्यहि तत्वले
मलाई जीवित राखेको छ।

हे परमात्मा,
हे विश्वचेतना,
यो उर्जा
निरन्तर बगी रहोस्,
मेरो जीवनमा
सदैव प्रकाश फैलिरहोस्।

आभारको भावले,
श्रद्धाको मनले,
तपाईंप्रति
सदा नत–मस्तक छु।

डिसेम्बर ४,२०२५