लुम्बिनी टाइम्स अनलाइनका एज्क्युटिभ डाइरेक्टर रमेश अर्यालले November 12, 2014 मा मसंग अनलाइनमा लिएको अन्तर्वाता !

पुण्डरी अर्याल
पुण्डरी अर्याल

कलेजो फेरेको मान्छे बजारमा ल्याउनुको कारण के हो ?
• यो नितान्त मेरो रोग र जीवनका भोगाईको बारेमा छ /घरको मुलिमान्छे मृत्युसंग जुझिरहदा आफ्नो परिवारले भोगेका क्षण उल्लेख भएका छन् / खास कारण भने आफ्नो परिवार बिरामी हुदा पत्नी छोरा छोरीहरुले गरिने राम्रो व्यवहारले बिरामीलाई ठुलो आत्मबल मिल्न सक्छ | रोगसंग लडन अन्तिम समय सम्म पनि निरन्तर लागिरहन पर्छ / यस पुस्तकले परिवार र रोगिलाई आत्मबल बढाउँ पक्कै मदत गर्छ | रोग र पिडाका कुराहरु शब्दमा उतार्न नसकिने रहेछ / तै पनि अमेरिकामा रहेका हामि आप्रवासीहरुले हेल्थ इन्सुरेन्स सुबिधाका बारेमा जानकारी नपाउदा परेका असुविधा मैले उल्लेख गरेको छु |
यो किताब नेपालमा रहेका नेपालीको हातमा कहिले सम्म पुग्छ
• यो पुस्तक नेपालमा नै छापिएको हो / भैरहवामा यसको पुस्तक बिमोचन हुदै छ | त्यसपछि बजारमा जानेछ |
कितावमा तपाईले कुन कुन पक्षलाई प्राथमिकता दिएर लेख्नु भएको छ ?
• बिशेष गरेर रोग लागेपछि भोगेका कुराहरु ,उपचारका पध्द्ती ,केहि अमेरिकाकै बारेमा पनि छ
किताबको नाम किन कलेजो फेरेको मान्छे नै राख्नु भयो ?
• कलेजो प्रत्यारोपण नभएको भए ,म यस दुनियामा रहने थिइन अबको जिन्दंगी अज्ञात महामानवले दिएको अंगदानले म जीवित छु / त्यसैले अब म कलेजो फेरेको मान्छे भए / हिजो भन्दा फरक मान्छे भएको महसुस हुन्छ /
तपाईको कलेजो चाहिँ कसरि खराब भयो ? के भन्यो डाक्टरले
• म अस्कल क्याम्पसको होस्टेलमा बस्दा जन्डीस देखिएको थियो | पछी पनि देखिएको थियो |जन्डिस भएको हुनाले मैले पथ परहेज गरेको थिए / लामो समय पछी अचानक लिभर सिरोसिस देखियो | अनि लिभर फेल भयो / डाक्टरले लिभर फेल भएपछि मान्छे मर्छ / तिम्रो लिभर प्रत्यारोपण हुन् सके मात्र बाच्न सक्छौ /भनेर भन्यो /
स्वास्थ्या सम्वन्धि यो समस्यामासंग जुध्ने शक्त्ति कसरि प्राप्त गर्नु भयो ?
• म पनि स्वास्थ सम्बन्धि कन्सस थिए | परिवारको आत्मियता सहयोग महत्व पूर्ण कुरा हो / इष्ट मित्रको शुभकामना पनि ठुलो कुरा हो / अनि डाक्टरको भूमिका पनि अन्त्यन्त महत्व राख्छ /
नेपालमा रहदा तपाईलाई यो समस्या देखिएको भए के कलेजो फेर्न सम्भव हुन्थ्यो ?
• हुन्थेन
जव तपाई अस्पतालको बेडमा हुनु हुन्थ्यो के सोच्नु हुन्थ्यो ?
• प्रत्यारोपण भएन भने म मर्छु / मान्छे एक दिन अबस्यै मर्छ / अलिक चाडो भयो भन्ने मात्र पिर थियो / हुनत प्रत्यारोपण हुदैमा बाच्ने भन्ने हुदो रहेनाछ / त्यसपछि आउने थुप्रै समस्या हुदो रहेछ / अरुको अर्गनले जिबन चलाउने एकदमै गारो कुरा हो /

नेपाल र अमेरीका विचको उपचार विधिलाई तुलना गर्न त सकिदैन तर स्वास्थ्य क्षेत्रको विकाशमा अमेरीकाबाट नेपालले के सिक्न सक्छ ?
• सबभन्दा पहिले डाक्टर र नर्सले बिरामी प्रति गरिने ब्यबहारलाइ सुधार्न पर्छ जस्तो लाग्छ / अरु अस्पतालका पूर्वाधार, क्षमता आदि कुरा देश चलाउनेले गर्ने सक्ने कुरा हो / प्रविधिको कुरा त तुलना गर्ने मिल्दैन /
नेपालीहरुलाई कलेजो बचाउन के सल्लाहा दिनु हुन्छ ? तपाईको अनुभव लेख्नु होला ।
• कलेजोको सिरिसिस र कलेजोको क्यान्सर भैसकेपछि त कुनै उपाए नै छैन / मुख्य कुरा शुध्द पानीको सेवन / खान पिन मा पाथ परहेज /अल्कोहलले कलेजोलाइ छिटो बिगार्न मदत गर्छ /
विरामि हुदाँका ति कहालि लाग्दाका क्षणहरुलाई अहिले कसरि सम्झनु हुन्छ ?
• ति पीडालाई सम्झन मन छैन /

अज्ञात ब्यक्तिको कलेजो फेर्ने प्रक्रिया कसरि सुरु भयो ? विस्तृतमा खेखिदिनु होला ।
• पहिला अमेरिकाको पद्धती अनुसार कलेजो फेर्न पर्ने र नफेरे नबाचने कुरा अस्पतालका डाक्टरले निर्णय गर्छन र उनिहरुको अबस्थाको रगतको जाचबाट माइल्ड स्कोरको सूचनांक प्राथमिकता अनुसार क्यु मा राखिन्छ | उनिहरुले त्यस सुचिमा मेरो नाम राखियो / आक्रान्त हुदा इमर्जेन्सीमा पुर्याएपछी रगत , सेल , प्लाज्मा ,प्लेटलेट शरीरमा चढाएर बचाए / अनि फेरी प्रत्यारोपण पर्खाइमा बस्न पर्छ धेरै बिरामीहरु प्रत्यारोपणको पर्ख्याइमा मर्दा रहेछन | त्यसपछि मरनोपरांत दीने अंग दाताबाट पाउने अंगको खोजि हुन्छ / सबै कुराको मेडीकली म्याच भएपछी पालोको सूचीबाट गरिने रहेछ / पहिलो व्यक्तिलाई म्याच भएन भने त्यसपछिका मान्छेले अवसर पाउने ब्यबस्था रहेछ / यहि प्रक्रिया अनुसार मेरो कलेजो प्रत्यारोपण भएको थियो |
उपचार खर्च कति लाग्दो रहेछ ?
• अमेरिकामा उपचार एकदमै महगो छ / कलेजोको प्रत्यारोपण को अस्पतालको खर्च मात्रै ५ लाख् डलर भन्दा बढी लाग्दो रहेछ / तर सरकारी हेल्थ इन्सुरेन्स हुनेलाई सरकारले बेहोर्छ /
जब कलेजो फेर्ने निर्णय भयो त्यति बेला को कसको साथ पाउनु भयो ?
• परिवार र नजिकका मित्रहरुबाट, इन्सुरेन्सको समस्या थियो त्यो साथीहरुले पनि मदत गरे /
राष्ट्रपति ओवामाबाट कसरि सहयोग प्राप्त गर्नु भयो ? स विस्तार उल्लेख गर्नु होला ।
• केहि उपाए नभएपछी रास्ट्रपतिलाइ छोरा बिशालले मेलबाट रिक्वेस्ट गरेको थियो / उनको सेक्रेटरीले समुर्ण अस्पतालको खर्च इन्सुरेन्सले बेहोर्ने व्यबस्था मिलाइदिए /
अहिले त तपाईलाई नेपालको भन्दा अमेरिकाको माया लाग्छ होला हई ?
• माया दुवैको लाग्छ / आफन्त जति नेपालमा, अनि माया लाग्दैन त ! नेपालमा भएको भए आजको दिन मेरो हुन्थेन / त्यो त सबैलाई थाहा छ / अमेरिकाले मलाइ ऋणी बनाएको छ /
कलेजो फेरेपछि तपाईलाई कस्तो अनुभुति भयो ?
• एकदमै पोजिटिभ
नयाँ जीवन पाउनु भएको छ एसलाई अर्थ पुर्ण बनाउन के गर्ने सोचाईमा हुनुहुन्छ ?
• अर्थपूर्ण बनोस भन्ने तिब्र चाहना छ / अब हेर्दै जाउ /
तपाई आयुर्वेदिक आचार्य पनि हो आहार बिहारमा पनि उत्तिकै खयाल गर्नुहुन्छ भन्ने सुनिन्छ यस्तो सचेत मान्छेलाई समेत कलेजोमा समस्या देखियो भने अरुमान्छेलाई पनि समस्या देखिन सक्छ के यसको उपचार सजिलै हुन सक्छ ?
• खानपिन, पथ परहेज, योगा र सरल जिबन शैलीले धेरै स्वास्थ जिबन बिताउन मदत गर्छ / रोग लाग्न दिनु हुदैन, आफ्नो आहार बिहारलाइ बिचार गर्ने पर्छ / तर कहिले काही देहको रोग (जेनेटिक) हुन्छ, त्यो आफ्ना सन्तानमा देखिन सक्छ / त्यसलाई कसैले रोक्न सकिदैन / मैले मेरो पुस्तकमा यसको बारेमा बिस्तृत उल्लेख गरेको छु /
रोगसंग लड्न आत्मविश्वास चाहिन्छ कि पैसा ?
• रोगसँग लड़नको लागि आत्मविश्वास नै चाहिन्छ | पैसाले सकिदैन तर उपचार गर्न त पैसा चाहिन्छ नै |
परिवारको माया र डाक्टरको ब्यवहार कस्तो हुनु पर्छ ?
• एक दमै आत्मियता, सकारात्मक सहयोग चाहिन्छ |
अब अलिकति नेपालको प्रशङ जोडौ नेपालमा रहेका तपाईको नजिकका साथिहरु को को छन ?
• धेरै मित्र हुनुहुन्छ / धेरै संग सहकारी गरिएको थियो /
तपाई विरामि हुदा नेपालबाट स्वास्थ्य लाभको कामना गर्नेहरुलाई के भन्नु हुन्थ्यो ?
• सबैलाई आत्मै देखि धन्यबाद दिन्छु /
नेपालमा छदा के गर्नु हुन्थ्यो ?
• ब्यबसाय र संघ सस्थामा सरिक थिए /
यहाँको रुचि के के मा थियो ?
• सामाजिक कार्य , साहित्यमा रुची थियो तर मेरो कलम चल्थेन, म संग्लग्न हुन्थे /
बाल्यकाल कहाँ विताउनु भयो ?
• शंकर नगर, पछी भैरहवा
अमेरिका किन जानु भएको ?
• मैले पुस्तकमा लेखेको छु / अब त मेरो अबस्थाले पुष्टि गरिसक्यो /
नेपाल नफर्कने त ?
• किन नफर्कने ! जन्म भुमि हो / बन्धु बाँधब सबै नेपालमा हुनुहुन्छ /

(मसंग करिब १ बर्ष अगाडी लुम्बिनी टाइम्सका एज्क्युटिभ डाइरेक्टर रमेश अर्यालले लिएको अनलाइन अन्तरवार्तालाइ रेकर्डको लागि राखिएको हो )

Leave a Reply