त्रिफला भन्नाले “तीन प्रकारका फलहरू” को मिश्रण हो। यी तीन फलहरू हुन्:

  • हर्रो (Haritaki)
    बर्रो (Bibhitaki)
    अमला (Amalaki)
  •  त्रिफला बनाउने तरिका:
  • सामग्री:
  • हर्रोको सुकुटी – १ भाग
    बर्रोको सुकुटी – २  भाग
    अमलाको सुकुटी – ३ भाग
    बनाउने विधि:
  • यी तीनवटै सुकुटीलाई बराबर वा  माथि उल्लेख  गरे बमोजिम मात्रामा लिई राम्रोसँग पिसेर चूर्ण बनाउनुहोस्।
  • चलनी (छन्ने) मार्फत छानेर सफा त्रिफला चूर्ण तयार गर्नुहोस्।
  • सुक्खा, हावाबाट टाढा, सफा सिसाको बोतलमा भण्डारण गर्नुहोस्।
    त्रिफलाको फाइदाहरू:
  • पाचन शक्ति बढाउँछ – अपच, ग्यास, कब्जियतमा राम्ररी काम गर्छ।लिवर सफा गर्छ – विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग पुर्‍याउँछ।
  • आँखा तेज बनाउँछ – नियमित सेवनले दृष्टि सुधार हुन्छ।
  • तौल घटाउने – शरीरको मेटाबोलिज्म बढाएर बोसो घटाउन मद्दत गर्छ।इम्युनिटी बढाउने – रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।
  • छाला सफा गर्ने – छालाको दाग, डन्डिफोर हटाउन उपयोगी।
  • डाइबेटिज र ब्लड प्रेशर नियन्त्रणमा सहयोगी
  • कब्जियतको समाधान – राति सुत्नुअघि मनतातो पानीसँग लिँदा धेरै फाइदा गर्छ।
    सेवन गर्ने तरिका:
  • राति सुत्नु अघि: १ चम्चा त्रिफला चूर्ण मनतातो पानीसँग।
    अथवा बिहान खाली पेट: १ चम्चा मनतातो पानीमा मिसाएर पिउन सकिन्छ।