किड्नीरोगलाई नियन्त्रण गर्न केहि घरेलु जरिबुटी उपचार |

बिधि न० १
किड्नी सफा गर्नको लागि

१. एक मुठा हरियो धनीयाको पातलाई २ लीटर पानीमा पकाएर क्वाथ बनाउने |
प्रत्येक दिन साझ बिहान खालि पेटमा १/१ गिलास पिउने |
यसो गरेमा प्राकृतिक रुपमा नै किड्नीको सफाई हुन् जान्छ र डायलासिस गर्न नपर्ने हुन्छ भन्ने आयुर्बेदको भनाइ छ |

बिधि नo २
नीम र पीपल की बोक्राको काढ़ा.

आवश्यक सामग्री।
नीमको बोक्रा – 10 ग्राम
पीपलको बोक्रा – 10 ग्राम

१० ग्राम् निमको बोक्रा र १० ग्राम पिपलको बोक्रा २ लीटर पानीमा आधा घण्टासम्म उमालेर काढा बनाउनुस | यसलाई दिनमा चार पटक गरि खाने | यसको प्रयोगले १५ दिन भित्र क्रिएटिनिनको लेबल कम हुन् थाल्छ र पुरानै अबस्थामा आउन सक्छ भनेर आयुर्बेदिक डाक्टरहरु भन्छन |
उपचार खर्च गर्न नसक्नेले यो बिधि प्रायोग गरेर निको भए धनजनको खेर जाने थिएन |

बिधि न o ३.
गहुको जमरा र गिलोय/ गुडचीको रस
गहुको जमरा = ५०ग्राम् का
गुडची/गिलोय(अमृता) = ५० ग्राम
यसबाट जुस निकालेर प्रत्येक दिन खालि पेटमा खाएमा किड्नीरोग र क्यान्सररोग लाई फैलिन दिदैन | जुस खाएको एक घन्टासम्म केहि पनि खान हुदैन |
यो जुस मानिसको लागि अमृत समान रहेको प्रयोगकर्ताले बताउछन | यो जुसको सेवनले सेतो रक्त कोष (WBC) र प्लेट्लेटको मात्रालाई बढाउछ | यसको सेवनले रक्त बिकारलाइ ठिक गर्दछ |

बिधि नo ४

गोखरू काँटाको काढा

२५० ग्राम गोखरूसिड ४ लिटर पानीमा पकाउने र १ लिटर बनाउने १०० एम एल बिहान र साझ खालिपेटमा पिउने
यो खाएको १ घण्टा सम्म केहि नखाने |१५ दिन भित्र रगतको जाच गरि किडनीको क्रिटिनिन सुधार हुदै गए , औषधिको मात्रा घटाउने पुरा ठिक भए पछी बन्द गर्ने आबस्याक भए ३ महिना सम्म चलाउन सकिन्छ |
१५ दिन सम्म १९ को बिस नभए बैद्यको सल्लाहा बिना नख्वाउनु |

किड्नीमा पथ्थरी हुन् नदिन के गर्ने ?

१ . प्रसस्त शुध्द पानि खाने
२. कागतीको रसमा ओलिभ ओयल (जैतुनको तेल ) मिसाएर पिउने र लगतै पानि पिउने यसो गर्दा साना स्टोन बाहिर निस्कन सक्छ |
३. अनारको जुस खादा सरिर र किडनिलाई राहत हुन्छ |
4. तुलसी मिसिएको चिया पिउने | तुलसी पात र मह मिसाएर खाने |
यो नखादा राम्रो हुन्छ |
चकलेट, स्टाबेरी ओखर पालक, कुरिलो र मरिच ले स्टोन हुने प्रकियालाई बढावा दिन्छ |

(अनलाइनबाट संकलन गरि सम्पादन गरिएको)

Leave a Reply