पुण्डरी अर्याल
पुण्डरी अर्याल

अध्यात्मको बाटोमा – १ , ( ज्ञान र बिज्ञान )

जिबनको पांच दशकसम्म आध्यात्मवाद र भौतिकवाद व्दंदको बिचमा रुमलिए | म जहिले पनि भौतिकवादको पक्ष्यमा उभिई रहे | जिबनको ५० वर्ष पुग्दा नपुग्दै म लिभर सिसोसिस भएर मेरो जीवन लीला सिध्दीइ सकेको थियो | हप्तौसम्म कोमामा प्राण अटकेको र अपत्यारिलो वा भनौ चमत्कार स्वरूप म यस धर्तिमा पुनर्जीवित हुन् पुगेको कुरा मेरा नजिकका मित्रहरुबाट लुकेको छैन | लामो समयसम्म उक्त रोगबाट पाउन सम्म दुख पाएपछि कलेजो प्रत्यारोपण भएर म आजको अबस्थामा आउन पाएको छु । यस धर्तीमा | धेरै कुण्ठा छन्, धेरै जिज्ञाशा छन, धेरै पश्चाताप छन, जीवनका धेरै अनुभूति छन्, ससाना सहयोगले कसैको जिबनमा ठुलो परिबर्तन गर्न सक्ने अबस्था थियो होला | गर्न नसकेकोमा दु:खी  छु । कसैलाई गरेको सहयोग वा पुन्यले होला, बिपत पर्दा पनि सजिलो किसिमबाट जीवनका बाटाहरु खुल्दै गरे । आफुले सोच्दै नसोचेको मान्छेको कलेजो छातीभित्र  लीएर बाचेको छु | कतिखेर त म भित्र पनि दुइटा मान्छे अनुभूति हुने गर्छ | छाती चसक्क गर्दा पनि कलेजो दिने जिबनदातालाइ सम्झने गर्छु | मान्छेको जीबनको के भरोशा हुन्छ र ?  जो कोइ पनि आफ्ना गोप्यतम कुरा प्रियजनलाई सुनाउन नपाउदै यो संसार छोडेर जान पर्ने हुन्छ |  त्यसमा पनि कलेजो फेरेको मान्छे, त्यसै पनि मन अत्यासिने स्वभाविकै हो भन्ने लाग्छ मलाइ |
मेरा आफ्ना कुरा लगभग सारांशमा भएपनि “कलेजो फेरेको मान्छे” पुस्तकमा लेखी सकेको छु | मैले मृत्युलाई धेरै नजिकबाट देखेको छु, भोगेको छु, बार्ता गरेको छु | जो सुकैलाई पनि लाग्न सक्छ । अमेरिका जस्तो भौतिक सम्पन्नता  र  यति धेरै बैज्ञानिक प्रवृधि भएको देशमा कलेजो प्रत्यारोपण गरेर बाच्न पाउनु सजिलो होला भन्ने लाग्न सक्छ तर सबैले सोचे जस्तो सजिलो पनि छैन ।  यहाँ पनी अर्गन प्रत्यारोपणको पर्खाइमा २० प्रतिशत भन्दा बढी रोगीको  मृत्यु हुन्छ । जतीसुकै प्रबिधि बिज्ञान भए पनी काललाई जित्न कसैले सकेको छैन । यसो भनिरहदा बिज्ञान प्रविधिलाई इन्कार गर्न र असहमत हुन खोजेको हैन । यसले अन्तिमसम्म प्रयास गर्छ । यसैको प्रयासले मेरो प्रत्यारोपण सफल भएको र यथास्थितीमा आउन सकेको छु | बिज्ञान र भौतिकबादबाट पछाडी हटेको कुरा मेरा मित्रहरुले टिप्पणी गरेको कुरालाई मैले स्विकार गरेको छु | म विज्ञानको बिधार्थी थिए ।  बिज्ञानप्रति मेरो आकर्षण पनि थियो | यसको मतलव बिज्ञान प्रति बितृष्णा  छ भनेको होइन | बिज्ञान त अध्यात्मबादको सन्तान हो भन्ने कुरा अब आएर बिस्वस्त हुन पुगेको छु | भौतिकबाद त अध्यात्मबादबाटै सिर्जित भएको हो |
भौतिकबाद भनेकै बिज्ञान हो भने अध्यात्मबाद भनेको ज्ञान हो | अझ भन्ने हो भने बिज्ञानको मूलजड अध्यात्मबादबाट शुरु हुन्छ । जबसम्म मान्छेले दिमागमा बिचारको जन्म हुदैन तबसम्म कुनै आविष्कार हुनै सक्दैन । त्यो बिचारको बिज भनेको अध्यात्म हो । त्यो बिजको बिकाशले मात्र यस जगतमा नयाँ कुराको प्रार्दुर्भाव जन्मन्छ । नविनतम कुराको खोज र आविष्कार सम्भव हुन्छ । यो ध्रुबसत्य हो, अध्यात्ममा पाखंडीपन भयो भने त्यो धर्मबाद हुन जान्छ | धेरै मान्छेले धर्म र अध्यात्मलाइ एकै तराजुमा तौलने गर्दछन | यी दुवै कुरा फरक हुन भन्ने कुरा मैले अब आएर महसुस गरेको छु | परमात्मप्रतिको अनुभूति र सामिप्य हुन खोज्नु नै अध्यात्म हो  ।जगत र जीव प्रति सकारात्मक र समान दृष्टिकोण बनाउदै र ब्यबहारमा उतार्न आबस्याक छ | मान्छे भौतिक सम्पन्नताको आहाल खेलिरहदासम्म पनि उ सन्तोषको सास फेर्न नसकेको देखिरहेका छौ | चाहिने भन्दा धेरै सम्पन्नता बटुले पछी पनी  स्वभाव परिवर्तन गर्न नसकेर पापकर्म गरिरहेको देखिन्छ | त्यस्ता प्रवृतिका मान्छेहरुले अध्यात्मलाई धर्मको पाखण्ड लादेर समाजमा आफुलाई धार्मिक देखाउन पनी पछी पर्दैनन् | अध्यात्मको बाटो लाग्न सर्ब प्रथम आफुलाई पापमुक्त गराउन प्रयत्न गरौ | आफ्नो मन, बुद्दी, सरिरलाइ शुध्दिकरण गर्न तत्पर हुन आबश्याक छ |
क्रमश:

Leave a Reply